२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपरासीको कावासोती– २, मा रहेको इ प्लानेटले आफ्नो २० औँ वार्षिकोत्सव सामाजिक कार्य गरि मनाएको छ । इ प्लानेटले आज वार्षिकोत्सवको अवसरमा कावासोतीमा रहेको मौलाकालिका अपाङ्ग सेवा सस्थाका रहेका बालबालिकालाई एक छाका खाना खुवाएको छ । साथै मौलाकालिका अपाङ्ग सेवा संस्थालाई नगद २० हजार सहयोग हस्तान्तरण गरेको छ । इ प्लानेटका प्रबन्ध निर्देशक देव अर्यालले २० हजार रुपैयाँ बराबरको चेक संस्थाका सञ्चालकलाई हस्तान्तरण गर्नुभएको थियो ।
इ प्लानेटले आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गरि आज २० औँ वार्षिकोत्सव सामाजिक कार्य गरि मनाएको इ प्लानेटका प्रबन्ध निर्देशक देव अर्यालले बताउनुभयो । मौलाकालिका अपाङ्ग सेवा संस्थामा अपाङ्गता भएका बालबालिका सहितका व्यक्तिहरू रहँदै आएकाछन् । संस्थाले आफ्नो वार्षिकोत्सवको खुसी तिनै बालबालिकाहरू सँग साट्ने सोच अनुरूपको आज खाना खुवाउने र नगद सहयोग गर्ने कार्य गरेको प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो ।
इ प्लानेटले खाना खुवाउनुका साथै नगद सहयोग गरि अपाङ्ग भएका बालबालिकालाई सहयोग पुर्याएको संस्थाका संचालकले धन्यवाद दिनुभएको थियो । इ प्लानेटका प्रबन्ध निर्देशक देव अर्याल, शिव केसी, सपना पन्त अर्याल, कृष्ण भण्डारी, ज्योति अधिकारी ,विन्दु गुराै, गिता चापागाईं, सुवास तिवारी, विकास भण्डारी लगाए इ प्लानेटको टिमले मौलाकालिका अपाङ्ग सेवा संस्थामा पुगेर खाना खुवाउने र सहयोग रकम हस्तान्तरण गरेका थिए ।
आजनै इ प्लानेटको टिमले वार्षिकोत्सवको अवसरमा कावासोती –१३, पिठौली स्थित चौरको वरपर वृक्षरोपण गरेको छ । रुद्राक्ष, बरपिपल, स्वामी, जामुन, गोलमहर लगायतका बिरुवा रोपिएको प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो ।
कावासोती –२, इन्द्रचोकमा कार्यालय रहेको इ प्लानेटले विद्यार्थीहरूलाई अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा र युके पठाउने कार्य गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |