२०८१ आश्विन ५, शनिबार
नवलपुर ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत वर्ष छ सय ८५ नयाँ रक्तदाता थपिएका छन् । जिल्ला स्थित नवलपुर रक्त सञ्चार सेवामा गत आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ६ जना पुरुष र एक सय ७९ जना महिला गरि छ सय ८५ जना नयाँ रक्तदाताले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो ।
नवलपुरका नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले रक्त सञ्चार सेवा सञ्चालन गरेको छ । यस रक्त सञ्चार सेवामा गत वर्ष दुई हजार नौ युनिट रगत सङ्कलन भएको थियो । अध्यक्ष कँडेलका अनुसार एक हजार ३ सय २४ जना रक्तदाता नियमित रक्तदान रहेका छन् । रगतको माग सधैं उच्च रहने हुँदा नयाँ रक्तदाता थपिदै गएमात्र माग पुरा गर्न सकिने उहाँको भनाई छ । अठार वर्ष देखि साठी वर्ष उमेर समूहका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने हुँदा यो उमेर समूहमा रक्तदान गर्ने बानी विकास गर्दै गए कोही पनि बिरामी रगत चाहिँदा समस्यामा नपर्ने उहाँले बताउनुभयो ।
नवलपुरमा सङ्कलन भएको रगत जिल्लाका अस्पताल सहित चितवनका अस्पतालमा उपचारमा लागि पुग्ने बिरामीलाई उपलब्ध गराउने गरिएको छ । यि क्षेत्रमा उपचारमा आउने रगत आवश्यक पर्ने बिरामीको सङ्ख्या धेरै हुँदा पुर्याउन मुस्किल हुने गरेको उहाँको भनाई छ ।
रक्तसञ्चार केन्द्र आफैले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गरि रगत सङ्कलन गर्दै आएको छ । यस बाहेक नवलपुरमा रहेका विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गरि रगत सङ्कलन गर्ने गरेकाछन् । तर अझै पनि जिल्लामा न्यून मात्रमा रगत सङ्कलन हुने गरेको अध्यक्ष कँडेलले बताउनुभयो । रक्तदान गर्न चाहने व्यक्तिले कार्यालयमै आएर रक्तदान समेत गर्न सक्ने उहाँले बताउनुभयो । जन्मदिनको अवसरमा आफ्नो विशेष दिनको अवसर पारेर कार्यालयमा रक्तदान गर्ने समेत रहेको अध्यक्ष कँडेलले बताउनुभयो ।
रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास गराउने हो भने रगतको माग पुर्याउन सकिने अध्यक्ष कँडेलले बताउनुभयो । ‘रक्तदान आफैमा महादान पनि हो, रक्तदानले कसैको जीवन जोगाउ सकन्छि , र आफैंमा पूण्यकार्य को भन्ने भावनाको विकास सबैमा गराउन सके कोही रगत अभावमा अस्पतालमा छटपटाउनुपर्ने थिएन’ अध्यक्ष कँडेलले भन्नुभयो ।
कावासोतीमा रेडक्रस उपशाखा कावासोतीले विसं २०७६ बाट रक्तसञ्चार सेवा सञ्चालन गरेको हो । रक्त सञ्चार सेवाले प्लाज्मा सङ्कलनको कार्य समेत हालै अगाडि बढाएको छ । तर यसका लागि थप रगत आवश्यक पर्ने हुँदा रक्तदाताहरु बढ्नुपर्ने उहाँले बताउनुभयो । यो वर्ष तीन हजार युनिट रगत सङ्कलन गर्ने लक्ष्य रहेको र यसले प्लाज्मा सङ्कलनमा समेत सहयोग पुग्ने अध्यक्ष कँडेलले बताउनुभयो
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |