२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको कावासोतीमा थारू समुदायको परमपरागत खेल भोदी खेल प्रतियोगिता हुने भएको छ ।
थारू समुदायको अनन्त पर्व र थारू नारीहरूको महान पर्व जितिया पर्वको अवसर पारेर कावासोती १२ राजमन्दिर खेल मैदानमा भोदी खेल प्रतियोगिता हुन लागेको हो ।
कावासोती १२ मा रहेको डायमण्ड युथ सोसाइटीको आयोजनामा यही भदौ २९ गतेदेखि प्रतियोगिता सुरु हुने डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ , द्धीतीय हुनेले १७ हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ , तृतीय हुनेले ७ हजार नगद, ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । भने, सान्त्वना हुनेले ३ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने सचिव थनेतले जानकारी दिनुभयो ।
यस्तै उत्कृष्ट खेलाडी लाई समेत विषेश पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागि हुनका लागि यही भदौ २८ गते साँझ ५ बजेभित्र टिम दर्ता गर्न सकिने खेल संयोजक रण बहादुर थनेतले जानकारी दिनुभयो । दर्ता शुल्क दुई हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो ।
थारू समुदायको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्थाले प्रतेक वर्ष थारू समुदायको पर्वहरूको अवसर पारेर विभिन्न परम्परागत खेलहरूको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष लिलामणि (महेश) खनालले बताउनुभयो । संस्थाले विषेश गरेर खेल क्षेत्रको विकासका लागि विभिन्न खेलकुदका कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । महिला फुटबल , नगरपालिका स्तरीय विभिन्न खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले समुदायका विभिन्न सामाजिक कार्यहरूमा समेत हातेमालो गर्ने गरेको खनालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |