२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु नगरपालिकाले माझी, मुसहर र बोटे समुदायको नि शुल्क स्वास्थ्य बिमा गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षबाट यो कार्यक्रम सुरु गरेको हो । निशुल्क स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा आठ लाख रुपैयाँ नगरपालिकाबाट बिनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख जायेश्वर भुसालले जानकारी दिनुभयो । पालिका र नागरिक आवाज संस्थाको समेत सहयोगमा १८६ परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको हो ।
पालिकाले मध्यविन्दु २ बोटे टोलमा एक कार्यक्रमका बीच स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । नगर प्रमुख भिमलाल अधिकारी उपप्रमुख पूर्णकला चौधरी र वडा अध्यक्ष तथ सदस्यहरूको सहभागितामा कार्ड वितरण गरिएको हो ।
कार्ड वितरण गर्दै नगर प्रमुख भिमलाल अधिकारीले आर्थिक तथा समाजिक रुपमा पछाडि परेको माझी मुसहर र बोटे समुदायका सदस्यहरूले रकम अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्ले नि शुल्क स्वास्थ्य बिमामा यी परिवारलाई जोडिएको बताउनुभयो । पालिकाले आगामी आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
यस समुदायका १ सय ८६ घरका १ हजार १ सय १० परिवार सदस्य संख्या रहेको स्वास्थ्य शाखा प्रमुख भुसालले बताउनुभयो । नागरिक आवाज संस्थाले ३५ सय भित्र पर्ने एक सय परिवारको नि शुल्क बिमा गरेको र बाँकी रहेका ३५ सय र ३५ सयभन्दा माथि पर्ने परिवारको निशुल्क बिमा पालिकाबाट गरिएको भुसालले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |