२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती नगरपालिका – ३ नम्बर वडाले पोषण आहार सामग्री वितरण गरेको छ ।
बैशाख महिनादेखी यता सरकारी स्वास्थ्य संस्थामा सुत्ेकरी भएका आमाहरुलाई पोषण आहार सामग्री वितरण गरिएको हो ।
आज वडा कार्यलयमा एक कार्यक्रमकाबीच वडा अध्यक्ष डोरमान गिरीले सुत्केरी आमाहरुलाई अण्डा , घीउ , मह लगायतका पोषण आहार वितरण गर्नुभएको हो ।
पोषण आहार वितरण गर्दै अध्यक्ष गिरीले २०८० ०८१ के सामाजिक विकास कार्यक्रम अन्तरगत पोषण सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रम निरन्तरको कार्यक्रम भएकाले त्यसै अनुसार समय समयमा सुत्केरी आमाहरुलाई पोषण आहार वितरण कार्य भइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा वडा सचिव विष्णु मित्र , वडा सदस्यहरु ऋषी बस्ताकोटी , रण बहादुर थापा , बसन्ती कुँवर लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |