२०८१ आश्विन ५, शनिबार
नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आज कावासोतीमा लिडरसिप मोटिभेसनल ट्रेनिङ सम्पन्न भएको छ ।
नवलपुरका ८ वटै पालिकाका प्रमुख÷ उपप्रमुख, अध्यक्ष,÷ उपाध्यक्ष सहित ९२ वडाका अध्यक्ष तथा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक तथा जिल्ला समन्वय समितिका सदस्यहरूलाई लिडरसिप मोटिभेसनल ट्रेनिङ प्रदान गरिएको हो ।
तालिममा राजु घलेले सहजिकरण गर्नुभएको थियो । उहाँ अन्तराष्ट्रिय सहजकर्ता समेत हुनुहुन्छ । घलेले तनाव व्यवस्थापन, समय व्यवस्थापन र सकारात्मक सोचद्धारा रचनात्मक जीवन शैली , सुशासन तथा सामाजिक भेदभाव (ंिहसा रहित समाज) र जीवन जिउने कलाको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले तनावको मुख्य कारक तत्व भनेकै आफूभित्रको नकारात्मक सोच रहेको बताउनुभयो । आफूभित्र रहेको नकारात्मक सोचलाई त्याग्न सके र सकारात्मक सोचको विकास गर्न सके जीवनमा तनावबाट मुक्त भइने बताउनुभयो । उहाँले आफूले आफूलाई शुभभाव राखेर सोच्ने र काम गर्ने गरेमा सफल हुन सकिने बताउनुभयो । अरुले भनेका नराम्रा कुरालाई लामो समयसम्म मनभित्रै राखेर बस्यौ भने त्यसले तनाव मात्रै दिने हुँदा अरुको नराम्रो कुरालाई बिर्सेर राम्रा भाव मात्रै राखेर जीवनमा अगि बढ्न सके तनाव व्यवस्थापन हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख अतिथिको रुपमा बोल्दै आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको र त्यसले आम मानिसलाई अत्यन्तै फाइदा पुगेको बताउनुभयो । ‘अहिले निजी अस्पतालहरू घाटामा जाँदैछन् । सरकारी अस्पतालमा घुइँचो लाग्न थालेको छ । स्वास्थ्य बिमा कार्यक्रमले भएको राम्रो काम हो ।’ उहाँले भन्नुभयो –‘स्वास्थ्य बिमा कार्यक्रम सेना , प्रहरी संस्थानका कर्मचारीमा पनि लागू गर्न खोजेको तर विभिन्न कारणवश सकिएन , यदि यो कार्यक्रम सेना , प्रहरी संस्थानका कर्मचारीमा पनि बिस्तार गर्न सकेको भए साढे तीन हजार लाग्ने शुल्क घटाएर एक हजार मात्र कायम गर्न सकिन्थ्यो । म पछि कसैले पनि वास्ता गरेन । ’
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले नवलपुरका सबै स्थानीय तहका जनप्रतिनिधि र विभिन्न नेतृत्व तहलाई शुभ सन्देश दिनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरूले धेरै कुराको तनाव हुने भएकोले त्यस्ता तनाव र समयको व्यवस्थापन गर्न टेवा गुर्याउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।
तालिममा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन बहादुर गाहा , संविधान सभा सदस्य जीवन श्रेष्ठ , कृष्ण पौडेल , निवर्तमान संघीय सांसद तिलक महत ,जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल , जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आज परेको जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा “म छुवाछुत गर्दिन , छुवाछुत हुन दिन्न , लैङगिक हिंसाको अन्त्य गरौँ , सामाजिक भेदवाभ विरुद्धको अभियानमा ऐक्यबद्धता जनाऔँ” भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सकुन्तला लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |