२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) बुलिङटार गाउँपालिका –४ मा २७ जनामा क्षयरोग (टिबि) देखापरेको छ ।
स्वास्थ्य कार्यालय नवलपुर, बुलिङटार गाउँपालिकाको समन्वय तथा जन्त्रको प्राबिधिक सहयोगमा मंगलबार र बुधबार गरी दुई दिनसम्म गरिएको खोज पड्ताल शिविरमा एउटै वडाका २७ जनामा क्षयरोग (टिबि) देखापरेको छ । भने शंकास्पद ४० जनालाई रिफर गरिएको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बुलिङटार गाउँपालिकाको वडा नं ४ स्थित बोझापोखरी, अर्खला र सिंचेन गरी ३ स्थानमा पोटेवल एक्सरे मेसिनको प्रयोगबाट परीक्षण गरिएको थियो । ४८५ महिला र ३७८ पुरूष गरी ८६३ जनाको छातिको एक्सरे विधिबाट परीक्षण गर्दा ११ जना पुरूष र १६ जना महिला गरी २७ जना क्षयरोगका बिरामीको पहिचान भएको हो ।
एकै स्थानमा यति धेरै सङ्ख्यामा क्षयरोगका बिरामी फेला पर्नु चिन्ताजनक रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले बताउनुभयो । विकट पहाडी क्षेत्र भएकाले पनि यहाँका स्थानीय स्वास्थ्य संस्थासम्म पुगेर रोगको परिक्षण गराउन नसक्ने अवस्था रहेकालेरोगको पहिचान गर्न नसकेका हुन् । धेरै संख्यामा क्षयरोगका बिरामी देखापरेपछि स्थानीय पनि चिन्तीत बनेका छन् । एकै स्थानमा धेरै संख्यामा बिरामी फेला पर्नु निकै चुनौतीको विषय रहेको बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुभएको छ । यता स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य चुनौती बढेको महशुस गरेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले बताउनुभयो ।
४० जना शंकास्पद क्षयरोगका बिरामीहरूको जिनएक्सपर्ट विधिवाट खकार परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाईएको र पहिचान भएका सबै क्षयरोगका बिरामीहरूलाई नजिकको अर्खला स्वास्थ्य चौकीमा दर्ता भई औषधी खाने व्यवस्था मिलाईएको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |