२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पछिल्लो समय शिक्षा क्षेत्रका विभिन्न विषय बाहिर आउन थालेकाछन् । शिक्षामा राजनीति गरेर शिक्षाक्षेत्रलाईनै खलबलाउन खोजेको भन्दै हालै नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरले एक विज्ञप्ति प्रकाशन गरेको छ ।
अध्यक्ष हरिप्रसाद न्यौपाने र सचिव टिकाराम डुम्रेद्धारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका प्रअलाई विना कारण हटाएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘हुप्सेकोट गाउँपालिका स्थित श्री सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा हालसालै हाम्रो संगठनमा आबद्ध प्रधानाध्यापक रमेश पराजुलीलाई विनाकारण प्रअ पदबाट हटाई कानुनी रित नपुऱ्याई जबरजस्त सरुवा गराइ ल्याइएका शिक्षक टंकनाथ ढकाललाई प्रअ पदमा पदस्थापना गरिएको गाउँ शिक्षा शाखा, हुप्सेकोटको बदनियतपूर्ण, अपमानजनक व्यवहारप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा थप भनिएको छ ‘मौजुदा शिक्षा नियमावलीमा शिक्षकको सरुवा हुँदा रमाना लिनुरदिनुपर्ने व्यवस्थाप्रति आँखा चिम्लेर शिक्षा विकास तथा समन्वय इकाईमा कुनै अभिलेखीकरण नगरिएको, स्थायी दरबन्दीका र राहत करार शिक्षक दुई पालिकाले आपसमा साटेर सरुवा गरिएको विषयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा मुद्धा चलिरहेको कुराप्रति समेत बेवास्ता गरी संगठनमा आबद्ध शिक्षकको मानमर्दन गर्ने हुप्सेकोट गाउँपालिका शिक्षा शाखाको व्यवहार खेदजनक र भर्त्सनायोग्य छ ।’
राजनीतिक आस्थाका आधारमा गाउँपालिका अध्यक्ष र मातहतको शिक्षा शाखाले शिक्षकलाई सेवाबाट बरखास्त गर्ने, अपायक सरुवा गर्ने, शिक्षा क्षेत्रमा आफ्ना समर्थकको भर्तीकेन्द्र बनाउने जस्ता व्यवहार हुप्सेकोट गाउँपालिकामा सामान्यजस्तै बनिसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले यस्ता गैरकानूनी, मनोमानी क्रियाकलाप विरुद्ध सम्पूर्ण स्वाभिमानी शिक्षक साथीहरु एकजुट भई प्रतिकारमा उत्रनका निम्ति पालिकाका सबै शिक्षकलाई आवहान समेत गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |