२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाको आयोजनामा शारीरिक अपाङ्गता परीक्षण शिविर संचालन भएको छ । कावासोती नगरपालिका –८,मा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्रको सभाहलमा नगरपालिका सहित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको सयुक्त आयोजनामा शिविर भएको हो ।
शिविरमा १८ वर्ष मुनिका शारिरिक रुपले अपाङ्गता भएका बालबालिकाका उपचार गर्ने उद्येश्यले शिविर संचालन गरिएको हो । अथौपेडिक डा. निरञ्जन थापा , फिजियो थेरापिष्ट गंगा शाक्य, सिबिआर काउन्सिलर , प्राक्टिस नर्स शशिकला महत, हिाष्क सामाग्री विशषज्ञ श्याम दाहाल सहितको टोलीले शिविरमा आएका बालबालिकाको शारिरिक अवस्थाको परिक्षण, समस्या पहिचान सहित सहायक सामाग्री वितरणको काम गरिएको कावासोती नगरपालिका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका रिता रिजालले बताउनुभयो ।
शारिरिक परीक्षणका क्रममा नापजाँच गरि तत्काल प्रदान गर्न सकिने सहायक सामाग्री शिविरबाटै प्रदान गरिएको छ। बाँकी थप आवश्यक पर्ने सहायक सामाग्री एक महिनापछि अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाले पालिकामा आएरै निशुल्क रुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
शिविर संयोजक लेखनाथ आचार्यको नेतृत्वमा आएको टोलीले शिविरमा ८१ जनाको परिक्षण ,पहिचान तथा आवश्यकता अनुसार सहायक सामाग्री प्रदानगर्ने कार्य गरेको छ । थप उपचार गर्नुपर्ने अवस्था भएका बालबालिकालाई अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा लगेर उपचार गरिने शिविर संयोजक आचार्यले बताउनुभयो ।
शिविरको उद्धघाटन कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, महिला ,बालबालिका शाखा प्रमुख सुशिला तिम्सेना, स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेल, सुभद्रा शर्मा लगायतको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |