२०८१ आश्विन ६, आईतबार
नवलपुर । नवलपुरको पहाडी भेग रुम्सीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ रुम्सी स्थित हुप्सेकोट माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो । पहाडी भेगका विद्यार्थीहरुलाई लक्षित गर्दै कावासोती ४ हासौरामा रहेको कुमारी निजि शैक्षिक गुठीले व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य परीक्षण कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइएको गुठीका योजना प्रमुख दिपलाल श्रेष्ठले बताउनु भयो । हुप्सेकोट माविका १ सय ५० जना विद्यार्थी र अन्य २० जना गरी करिब १ सय ७१ ज्नाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखाका नविन पौडल र डाक्टर सूर्य वहादुर खाम्चा मगरले हात कसरी धुने र दाँत कसरी माझ्ने भन्ने बारेमा प्रयोगात्मकरुपबाट नै विद्यार्थीहरुलाई सिकाइएको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकाँश विद्यार्थीहरुको दाँतमा समस्या देखिएको डाक्टर खाम्चाले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिका ४ स्थित रुम्सी गाउँ विकट पहाडी भेग हो । जहाँ स्वास्थ्य परीक्षणका लागि झ्यालबास एक घण्टाको अप््रारो बाटो पार गर्दै झर्न पर्ने बाध्यता छ । यस्तो अवस्थामा विद्यालयमा पुगेर निशुल्मरुपमा गुठीले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको प्रति विद्यालयद्धारा कृतज्ञता व्यक्त गरिएको छ । विद्यार्थीहरुलाई टुथ पेस्ट, टुथ ब्रश र साबुनका साथै बिरामीहरुलाई औषधी निः शुल्क बितरण गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |