२०८१ आश्विन ६, आईतबार
कावासोती ।प्रकृति पुस्तक पसल कावासोतीले २८ वर्ष प्रवेश गरेको अवसरमा सामुदायिक विद्यालयमा निशुल्क पाठ्यपुस्तक र स्टेसनरी वितरण गरेको छ । २०५२ साल बाट सञ्चालन आयको पुस्तक पसल आजैको दिन देखि २८ वर्षमा प्रवेश गरेको हो ।
श्रीपन्चमिको अवसर पारेर पुस्तक पसलले विद्यालयमा अक्षारम्भ गराउन आउने बालबालिकालाई पुस्तक , कपी र स्टेसनरी सामाग्री निशुल्क दिने गरेको पसलको व्यवस्थापक गीता पराजुली बताउनुभयो ।
जिल्लाका सामुदायिक विद्यालयमा यो वर्ष करिब ४५० जना बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरिएको छ । प्रत्येक वर्ष यसरिनै आफ्ना बाबुनानीलाई निशुल्क स्टेसनरी सामाग्री दिने गरेको सरस्वती मावि हसौराका शिक्षक सुरेन्द्र भुर्तेलले बताउनुभयो । सामाजिक दायित्व बहन गर्दै पुस्तक पसलले प्रत्येक वर्ष विद्यालयमा नयाँ भर्ना गर्न आउने बालबालिकालाई निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउँदा विद्यालयलाई हौसला मिलेको नबदुर्गा आधारभुत बिधालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |