२०८१ आश्विन ६, आईतबार
कुलमणी ढुङ्गाना । बाैंदीकाली । शारदा माध्यमिक विद्यालय बाैदीकाली ३ रकुवा, नवलपुरले आफ्नो ५४ औं वार्षिकोत्सब समारोह भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयकाे वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि बाैदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा रहनु भयकाे थियो । उहाँले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि ब्यावहारिक तथा राेजगार मूलक शिक्षामा जोड दिनु भयो । ओझाले सामुदायिक विद्यालयलाई अगाडी बढाउन काठमाडौं विश्व विद्यालय सँग सहकार्य गरि विद्यालय सुधारका केही कार्य गर्न लागिएको जानकारी गराउदै आफ्नाे तथा पालिकाकाे तर्फबाट हर कदम सहयोग गर्न तयार रहेकाे बताउनु भयो ।
कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक भूपाल थापा सारुले प्रस्तुत गर्नु भयकाे थियोे । उक्त समारोहमा बिद्यालयमा अक्षयकोष दाताहरु तथा पूर्व शिक्षकहरुलाई सम्मानित गरिनुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप र पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियोे ।
विद्यालयकाे वार्षिकोत्सब समाराेहमा बाेल्दै विशिष्ट अतिथी बाैदीकाली गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख वहादुर वस्नेत ,वडा न ३ का अध्यक्ष तेजबहादुर थापा तथा अतिथीहरु डिल्लीराज ढुङ्गाना , लक्ष्मी पंगेनी लगायतले विधालयकाे शैक्षिक उन्नति काे शुभकामना दिनुभएको थियोे । समाराेहमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । विधालयकाे साहायक प्रधानाध्यापक टेकमाया घिमिरे काे स्वागत वाट सुरुभयकाे कार्यक्रमको सञ्चालन शिक्षिका ईश्वरी दर्लामीले गर्नु भएको थियोे भने कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका निवर्तमान अध्यक्ष चित्र सिंह पाटाकाे सभापतित्वमा सम्पन्न भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |