२०८१ आश्विन ६, आईतबार
नवलपुर । प्याब्सन दिवसको अवसरमा नवलपुर प्याब्सनद्धारा सहयोग हस्तान्तरण गरेको छ । ३२ औँ प्याब्सन दिवसको अवसरमा कावासोतीमा रहेको मौलाकालीका अपाङ्ग सेवा संस्था र पशुपति साङ्वेद आवासीय माध्यामिक विद्यालय देवचुलीमा सहयोग हस्तान्तरण गरिएको प्याब्सन नवलपुरका बरिष्ठ उपाध्यक्ष भिमलाल कंडेलले बताउनुभयो ।
मौलाकालीका अपाङ्ग सेवा संस्थामा खाद्यान्न ,स्टेशनरी सामाग्रि हस्तान्तर गरिएको थियो । सो अवसरमा सिद्धार्थ आवासीय माध्यामिक विद्यालयको तर्फबाट समेत विद्यालयका प्रिन्सिपल भोजराज दाहालले विस्कट प्रदान गर्नुभएको थियो । पशुपति साङ्वेद आवासीय माध्यामिक विद्यालय देवचुलीमा समेत सहयोग हस्तान्तरण गरिएको छ ।
३२ औँ प्याब्सन दिवसको अवसरमा सामाग्री हस्तान्तरण अघि प्याब्सन कार्यालयमा केक काटेर दिवस मनाइएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम प्याब्सन नवलपुरका अध्यक्ष दिपक राउतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय सह कोषाध्यक्ष दिपकराज लम्साल, केन्द्रिय सदस्य जगतप्रसाद भट्टराई , प्याब्सन प्रदेश सल्लाहकार भोजराज दाहल, जिल्ला प्रमुख सल्लाहार कपि आचार्य, कार्यक्रम संयोजक प्याब्सन जिल्ला उपाध्यक्ष प्रदिप बास्तोला लगायत प्याब्सनमा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्याब्सनले शैक्षिक क्रियाकलाप सहित अन्य सामाजिक उत्तरदायित्व समेत बहनगर्दै जानुपर्छ भन्ने धारणका सहित दिवसको अवसरमा सामाग्री हस्तान्तरण गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |