२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व ( नवलपुरमा ) १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी सुरु गरिएको छ ।
तयारी अन्तरगत फाइनल खेलमा सहभागि हुने खेल शिक्षकहरूलाई तालिम सञ्चालन गरिएको छ । यस वर्षको फाइनल खेल जिल्लाको कावासोती नगरपालिका १७ गोछडा स्थित सरस्वती माध्यामिक विद्यालयमा हुँदैछ । फाइनल खेललाई लक्षित गरी कावासोती नगरपालिका शिक्षा शाखाको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा खेल शिक्षकलाई तालिम सञ्चालन गरिएको हो । प्रतियोगिता सफल बनाउन आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले खेल शिक्षकहरूलाई तालिम प्रदान गरिएको शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । शुक्रबारदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
प्रतियोगिताको पालिका स्तरीय छनौट खेल माघ पाँच गतेभित्र सम्पन्न गर्ने गरी यहाँका आठ वटै पालिकाले तयारी थालेका छन् । प्रतियोगिताको फाइनल खेल आँउदो माघ माघ ७ , ८ र ९ गते कावासोती १७ गोछडा स्थित सरस्वती माध्यामिक विद्यालयमा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनका अनुसार विद्यार्थीहरूको पढाईलाई असर नपुगोस् भन्न बिदाको समयमा छनौट खेल गर्ने निर्णय भएको थियो । सोही अनुसार जाडो बिदाको समयमा छनौट खेल सम्पन्न गर्ने गरी सबै पालिकाले तालिका बनाएको पुनले बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा निकाय सहित सरोकारवाला सबै पक्षसँग बैठक बसेर समन्वय गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा भलिबल ,कवड्डी, तेक्वान्दो , कराँते र दौड प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |