२०८१ आश्विन ६, आईतबार
कावासोती । कमजोर विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न कावासोती नगरपालिकामा रहेका विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ ।
कमजोर विद्यार्थीहरूलाई विशेष समय दिएर उनीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सञ्चालन गरिएको हो । कावासोती नगरपालिकाले यस वर्षलाई शैक्षिक उपलब्धि वृद्धि गर्ने विशेष वर्षको रूपमा लिएको छ । नगरपालिकाले उपचारात्मक कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन गरेको हो ।
कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेका अनुसार नगरपालिकामा रहेका सबै विद्यालयहरूमा विद्यार्थीहरूको शैक्षिक स्तर मापन गर्ने कार्य भएको छ । विद्यालय आफैले परीक्षा मार्फत विद्यार्थीहरूको शैक्षिक स्तर मापन गरेर पहिलो ,दोश्रो र तेश्रो गरी तीन वर्गमा विभाजन गरेका छन् । ‘विद्यालय आफैँले परीक्षा मार्फत वेश लाइन सर्वे ( परीक्षा ) गर्नुहुन्छ । बेन्च माक्स राख्नुहुन्छ । र बेन्च माक्सकै आधारमा पहिलो , दोश्रो र तेश्रो स्तर छुट्याउनुहुन्छ । त्यसैको आभारमा कमजोर र मध्यम विद्यार्थीलाई ग्रुपिङ्ग गरी उपचारात्मक कक्षा सञ्चालन गर्नुहुन्छ । ’ अधिकृत पाण्डेले भन्नुभयो ।
विद्यालयहरूमा टिउसन र कोचिङका रुपमा सञ्चालन हुने कक्षालाई नगरपालिकाले उपचारात्मक कक्षाका रुपमा निशुल्क रुपमा सञ्चालन गरेको हो । शिक्षकहरूले पनि यस कार्यलाई सकारात्मक रुपमा लिएर सहयोग गरेको पाण्डेको भनाई छ । विशेष गरी नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र कमजोर विद्यार्थीको सिकाइ स्तर माथि उठाउने उद्देश्यले उपचारात्मक कक्षा सञ्चालन गरिएको पाण्डेले बताउनुभयो । संस्थागत विद्यालयलाई पनि उपचारात्मक कक्षा सञ्चालन गन भनिए पनि सामुदायिकलाई जसरी अनिवार्य नगरिएको पाण्डेले बताउनुभयो । ‘सामुदायिक विद्यालयमा सरकारी स्तरबाट तलब खाने शिक्षक हुनुहुन्छ । तर संस्थागत विद्यालयमा कतिपय शिक्षकहरूको तलब स्केल न्यून छ । त्यसैले पनि हामिले कर गरेका छैनौ । ’ पाण्डेले भन्नुभयो ।
उपचारात्मक कक्षा दुई महिना सञ्चालन हुने छ । फाइनल परीक्षामा विद्यार्थीहरूको नतिजा राम्रो आउन सकोस भन्नका लागि तत्कालका लागि दुई महिना कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो । तर , यसलाई आगामी दिनमा संस्थागत गर्दै समयावधि बढाउदै लैजाने उहाँको छ ।
उपचारात्मक कक्षा सञ्चालन भएको एक महिना भइसकेको छ । कमजोर विद्यार्थीहरूलाई बिहान ९– १० र साँझ ४–५ को समयमा गणित , नेपाली र अङ्ग्रेजीका कक्षामा राखी शिक्षण गरिदै आइएको छ । बिहान तीन र साँझ तीन वटा गरी ६ समुहमा विभाजन गरेर शिक्षण गरिदै आइएको श्रोत शिक्षक तीर्थ कंडेलले जानकारी दिनुभयो । एक महिनाको अवधीमा विद्यार्थीहरूको नतिजा केकस्तो छ भनी शिक्षा शाखाबाट अनुगमन गर्ने कार्य पनि अहिले चलिरहेको छ । कतिपय विद्यार्थीहरूमा एक महिनामा नै सुधारका राम्रा संकेत देखा परेको पाइएको श्रोत शिक्षक कंडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |