२०८१ आश्विन ६, आईतबार
कावासोती । कावासोती नगरपालिका एकमा रहेको जनकल्याण माध्यामिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
मंगलबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो ।
कार्यक्रममामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बिश्वकर्माले शिक्षा क्षेत्रको विकासका लागि राज्यले आवश्यक बजेट नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्तिथीमा निकै सुधार आएको बताउनुभयो । कतिपय सामुदायिक विद्यालयहरू निजी भन्दा पनि अब्बल बन्दै गएको बताउनुभयो । बालबालिकालाई गुणस्तरीय शिक्षा सँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा नं एक
का वडा अध्यक्ष तवारक अहमद मियाँले विद्यालयका लागि बस उपलब्ध गराउन वडाबाट बजेटको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमध्वज गाहाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा , कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर क्षेत्री , जनप्रतिनिधि , समाजसेवी व्यक्तित्वको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशा गैरेको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा विभिन्न सम्मान र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो । भने , स्थानीय आमा समूहबाट विद्यालयलाई नास्ताका रुपमा सेलरोटी प्रदान गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |