२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको बौदीकाली गाउँपालिकामा जेष्ठ नागरिकका लागि समुदाय स्तरमै स्वास्थ्य जाँच गर्ने कार्य थालनी भएको छ ।
रकुवा प्राथमिक स्वास्थ्य केन्द्रले सुरुआत गरेको यस कार्यमा बौदीकाली गाउँपालिका र वडा नं. दुईको समन्वय रहेको छ । कार्यक्रम अन्तरगत वडाभित्र रहेका ६० वर्ष माथिका सबै जेष्ठ नागरिकलाई प्रतेक महिना समुदाय स्तरमा नै स्वास्थ्य परिक्षण गरिने रकुवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव मेग ठाडाले जानकारी दिनुभयो । ग्रामीण र दुर्गम क्षेत्रमा सामान्य स्वास्थ्य सेवा लिन समेत नागरिकलाई सास्ति हुने, भौगोलिक अवस्थाले गर्दा जेष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म आवतजावत गर्न समेत समस्या हुने भएको कारण पनि उनीहरूका लागि केही सिर्जनशील काम गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको ठाडाले बताउनुभयो ।
वडामा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र र विभिन्न नौ वटा टोलमा प्रतेक महिना रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्नेछन् । गर्ने विभिन्न दीर्घ रोग लागेर लामो समयसम्म नियमित रुपमा सेवन गर्नुपर्ने औषधी निशुल्क प्रदान गर्ने योजना समेत रहेको अहेव ठाडाले बताउनुभयो । तत्कालै यो कार्यक्रम लागू गर्न सक्ने अवस्था नभएपनि गाउँपालिका र वडासँग समन्वय गरेर निशुल्क औषधी प्रदान गर्ने कार्यक्रम निकट भविष्यमा अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।
बौदीकाली गाउँपालिका वडा नं. दुईका अध्यक्ष श्याम श्रेष्ठले जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्यालमा राख्दै कार्यक्रममा वडाले पनि समन्वय गर्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘वडामा जेष्ठ नागरिकको रेकर्ड राख्ने, उनीहरूमध्ये कतिले के – कस्तो रोगको औषधी खान्छन् त्यसको पनि रेकर्ड राख्ने र उनीहरूलाई निशुल्क रुपमा औषधी वितरण गर्ने योजना छ । त्यसै अनुसार हामी अघि बढेका छौँ । ’
विषेश गरेर दीर्घ रोगहरू सुगर , थाइराइड , कोलेस्टोर , प्रेसर , दम जस्ता रोग लागेका जेष्ठ नागरिकले नियमित सेवन गर्नुपर्ने औषधी उपलब्ध गराउने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महिनामा एक पटक नियमित स्वास्थ्य परिक्षण र जेष्ठ नागरिक कसरी स्वास्थ्य रहने , स्वास्थ्यकर खाना कसरी खाने र जेष्ठ नागरिकले गर्न मिल्ने योग अभ्यासका कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |