२०८१ आश्विन ६, आईतबार
विष्णुनगर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पाठेघरको क्यान्सर रोकथामका लागि महिलाहरूको लागि निशुल्क स्क्रिनिङ कार्यक्रम शुरु भएको हो । दुई दिन सम्म चल्ने शिविको आज कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले समयमै रोग पहिचान् गरि भविष्यमा हुन सन्ने जोखिमबाट बच्न दुई दिन सम्म चल्ने शिविर लाभदायी हुने बताउनुभयो । लाज मान्नु भनेको रोग लुकाउनु भएकाले आफ्नै गाउँठाउँमा आयोजना गरिएको शिविरबाट लाभ लिन उहाँले अनुरोध गर्नुभयो ।
नगरपालिकाबाट समेत यस्ता खालका कार्यक्रमका साथै ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सेवा सहितका कार्यक्रमहरू यसवर्ष सञ्चालन गरिने नगर प्रमुख भुसालले बताउनुभयो । नगर स्तरमा आवश्यक आधारभुत स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न नगरपालिकाले काम गर्ने बताउनुभयो । कावासोतीको हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । यसले सामान्य स्वास्थ्य उपचारका लागि वडामै सेवालीन सक्ने हुँदा स्थानीयलाई लाभ मिलेको छ ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेलले दक्ष र अनुभवी स्वास्थ्यकर्मीबाट पाठेघरको क्यान्सर रोकथामका निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको बताउँदै यसले ग्रामीण क्षेत्रका महिलालाई लाभ मिल्ने बताउनुभयो । वडा स्तरबाट गरिएको स्वास्थ्य कार्यक्रमका लागि उहाँले वडालाई धन्यवाद दिनुभयो । रोग लुकाउँदा समस्या थप जटिल हुन सक्ने भएकाले बेलैमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आवश्यक रहेको भन्दै महिलाहरूलाई शिविरमा आई जाँच गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं वडा नम्बर ६ का वडा अध्यक्ष यम बहादुर थापाले वडाको सामाजिक दायित्व अनुसार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । वडाबाट पूर्वाधारको क्षेत्रमा मात्र नभएर वडाको शैक्षिक , सामाजिक , स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गर्नुपर्ने सामाजिक दायित्व अनरुप काम गरिएको बताउनुभयो । वडामा भोलि सम्म शिविर चल्ने भएकाले लाभ लिन अनुरोध गर्नुभयो । कार्यक्रमको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि सहित स्थानीय विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |