२०८१ आश्विन ६, आईतबार
डेढगाउँ । बौदिकाली ३ रकुवा कोल्यारमा सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन भएको छ । कोल्यारमा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रकाश ओझाले सावँरी सामुदायिक स्वास्थ्य इकाई उद्घाटन गर्नुभएको हो ।
स्वस्थ बौदिकाली अभियान अन्तरगत पालिका यो अभियानमा लागेको बताउँदै अध्यक्ष ओझाले स्वास्थ्य राज्यको दायित्व भित्र पर्ने र सामान्य उपचारको लागि पनि घण्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि यो इकाईले योगदान पुर्याउने बताउनुभयो ।ओझाले गाउँपालिका तत्काललाई स्वास्थ्यमा पहुँच पुर्याउँदै अन्य विकासको गतिविधिमा पनि समानान्तर रूपमा अगाडि बढेको जानकारी दिनुभयो । स्थानीयको आवश्यकता लाई मध्यनजर गर्दै कोल्यारमा स्थापना भएको इकाइले तनहुँ, पाल्पा र नवलपुर ३ वटै जिल्लाका सेवाग्राहीको समस्या समाधान गर्ने भएकाले यो इकाई सबैको पहुँचमा स्थापनाका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता प्रति आभार व्यक्त गर्नुभयो ।
आफ्नो बौदिकाली आगमनको सुरुवातमा नै स्वास्थ्य जस्तो पवित्र काममा सरिक हुन पाउँदा खुशी लागेको बताउँदै प्रमुख प्रसाशकिय अधिकृत लेख बहादुर बस्नेतले यसको संरक्षणमा स्थानीय लाग्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै वडा नम्बर ३ का अध्यक्ष तेज बहादुर थापाले स्वास्थ्य इकाई यहाँको आवश्यकता भएकाले स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो ।
आफ्नो जिल्ला मात्र नभई छिमेकी जिल्लाका मानिस पनि यसको पहुँचमा हुने भएकाले गाउँपालिका अबको दिनमा पनि यस्तै कार्यमा लाग्नुपर्ने वडा न २ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख टोपकान्त अधिकारी, रकुवा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेघ बहादुर ठाडा, रकुवा स्वास्थ्य चौकी प्रमुख घन नारायण श्रेष्ठ, पुर्व वडाध्यक्ष बाल प्रसाद ठाडा, समाजसेवी होमनाथ भट्टराईले शुभकामना मन्तव्य दिनु भएको थियो । कृष्ण पुरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन कुलमणी ढुंगानाले गर्नु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |