२०८१ आश्विन ६, आईतबार
कावासोती । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नवलपुरमा समेत विभिन्न कार्यक्रम भएका छन् । जिल्लाको कावसोतीमा कावासोती नगरपालिकाको आयोजनमा कार्यक्रम गरिएको छ ।
कावासोती स्थित शिव माध्यामिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले गुणस्तरी र प्राविधिक शिक्षामा नगरपालिकाले जोड दिएको बताउनुभयो ।
गुणस्तरीय शिक्षाले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सक्ने भएकाले शिक्षाको गुणस्तर वृद्धिमा नगरपालिका लागेको उहाँले बताउनुभयो । साथै अहिले प्राविधिक जनशक्तिको आवश्यकता रहेकाले सोहि अनुसार प्राविधिक शिक्षाको विकासमा समेत आफुहरु लागेको उहाँले बताउनुभयो ।
साक्षरता दिवशको अवसरमा भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षासँग सरोकार राख्ने व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |