२०८१ आश्विन ६, आईतबार
प्रिय धन , चोरमारा ।नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा कक्षा ५ को स्तरमापन परीक्षा शनिबार सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका भित्र १० ओटा केन्द्रमार्फ़त स्तरमापन परीक्षा समापन भएको हो । यस शैक्षिक सत्र २०७८ मा पाठ्यक्रमले अपेक्षा गरेका सिकाई सक्षमता र सिकाई उपालब्धि मापनका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीको स्तरमापन परीक्षा लिइएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । कुल १ हजार १३ विद्यार्थी उपस्थित हुने लक्ष्य लिइएकोमा ५५ जना अनुपस्थित भएकाले ९५८ जनाको परीक्षा लिइएको शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना संक्रमण जोखिम तथा नेपाल सरकारद्वारा जारी निषेधाज्ञाका कारण स्तरमापन परीक्षा हुन सकेको थिएन । सो २ बर्षमा कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत हुन सकेको थिएन , त्यतिबेला बिभिन्न टिका टिप्पणी भएका थिए । विद्यालयले विगतका शैक्षिक कमी कमजोरीलाई सुधार गर्ने मौका समेत पाउने भएकाले र यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरि परीक्षा संचालन गर्न साकिने भएकाले यसवर्ष स्तरमापन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पाण्डेले बताउनुभयो ।
यसवर्ष कक्षा ५ का विद्यार्थीहरुको मापन परीक्षामा अध्यापन गरिने मुख्य विषयहरु नेपाली , अंग्रेजी , गणित , विज्ञान र सामजिक बाट प्रतिविषय २० अंकका दरले परीक्षा लिइएको शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । साथै परीक्षा अवधिभर स्थायी प्रधानाध्यापक पर्यावेक्षकको रूपमा समेत खटाइएको थियो । विहान ११ बजे देखि सुरु भएको परीक्षाका लागि परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडी मात्र प्रश्नपत्र सम्बन्धित केन्द्रमा पुर्याइएको शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । कुमारवर्ती मावि कोल्हुवा , नवजागरण नमूना मावि चोरमारा , नेपाल लोकसेवा मावि बसन्तपुर , ज्ञानोदय मावि प्रसौनी , जनता मावि टांडी अरुणखोला , रत्न राज्य मावि द्वारी , विरेन्द्र मावि द्वारदह , नवलपुर आवासीय मावि चोरमारा , अरुणखोला मावि अरुणखोला र लिटिल स्टेप एकेडेमी मध्यविन्दु १० मा परीक्षा केन्द्र तोकिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |