२०८१ आश्विन ६, आईतबार
कावासेती । गण्डकी प्रदेश सभाका सदस्य रोशन बहादुर गाहाले शिक्षा बिना अहिलेको समयमा संसारलाई हेर्न र बुझ्न नसक्ने बताउनुभएको छ ।
कावासोती नगरपालिका १२ मा रहेको शान्तिनिकुञ्ज माध्यामिक विद्यालयको शनिबार भएको ६७ औँ वार्षिक उत्सव कर्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले एउटा अब्बल दर्जाको नागरिक बन्न पनि शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयहरुले समेत उच्च स्तरको शिक्षा प्रदान गर्दै आईरहेको बताउँदै उहाँले अभिभावकहरुले पनि सामुदायिक विद्यालयको विश्वास गर्न र विद्यालयको विकासका लागि भूमिका निभाउन आग्रह गर्नुभयो । उहाँले शान्तिनिकुञ्ज मावि यस क्षेत्रकै परानो विद्यालय रहेको स्मरण गर्दै चौतारी मुनी खुल्ला चउरबाट सुरुआत गरेको यस विद्यालय आज शैक्षिक भौतिक विकासमा निकै अगि बढेको बताउनुभयो । नेपाली सरकारले साुदायिक विद्यालयमा जुन खालको लगानी गरेको छ , सोहि अनुसार सामुदायिक विद्यालयलाई समुदायले चासो दिन जरुरी रहेकोमा जोड दिनुभयो । अभिभावकले पनि विद्यालयमा पठाएको छोराछारीको शिक्षाको स्तर कस्तो छ ? शिक्षकहरुले कस्ते शिक्षा दिनुभएको छ ? कस्तो अनुशासन दिनुभएको छ । त्यो बारेमा पनि सोधखोज गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमा विद्यालयका प्रध्यानाअध्यापक हरि प्रसाद न्यौपानेले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदनन प्रस्तुत गर्दै आयतर्फ एक करोड ७६ लाख ६ हजार ७ सय ४५ रुपैँया रहेको र खर्चतर्फ पूजीँगत खर्च २९ लाख ६९ हजार ढ सय ३४ रुपौया र सञ्चालन खर्च एक करोड ३ लाख , ७३ हजर ९ सय ४९ रुपैँया रहेको जानकारी गराउनुभएको थियो । उहाँले अब सम्पन्न गर्नुपर्ने कार्यमा पुरानो भवनको छानो फेर्नुपर्ने , कम्पाउण्ड वाल सम्पन्न गर्नुपर्ने , एक शिक्षक एक ल्यापटप संस्थागत ढंगले व्यवस्थापन गर्नुपर्ने रहेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका नारायण प्रसाद काफ्लेको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रमुख चन्दादाता तथा नेपाल सरकारका जलश्रोत विद ज्ञानेन्द्रलाल प्रद्यान , वड न. १२ का अध्यक्ष खेम प्रसाद काफ्ले , विद्यालयका पूर्व अध्यक्षहरु लोकनाथ लामिछाने , लोकनाथ काफ्ले , सल्लाहाकार ठाकुर प्रसाद लामिछाने , शिव माविका विद्यालय वयवस्थापन समिति अध्यक्ष बाबुरा बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका पूर्व वयवथापन समितिका आठ जना अध्यक्ष , चार जना पूर्व प्रध्यानाअध्यापक, विद्यालयलाई सहयोग गर्दै आउनुभएका अक्ष कोष दातालाई कार्यक्रममा सम्मान गरिएको थियो । वार्षिकउत्सवको अवसरमा अभिभावकहरुबीच घैँटो फुटाई र कूर्ची दौड प्रतियोगिता समेत भएको थियो । कार्यक्रममा विद्यालहरुले विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |