२०८१ आश्विन ६, आईतबार
देवचुली। महिनावारी को बेलामा प्रयोग गरिने प्याड को मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।
अन्य सामग्री सँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनु पर्ने र यसको सर्वसुलभ उपलब्धताको लागि समेत आवाज उठ्ने गरेको छ ।
देवचुलीका किशोरीहरु भने आफूलाई आवश्यक पर्ने प्याडको तालिम सिकेर गाउँ गाउँमा अभियान सुरु गर्दै छन् ।
देवचुली नगरपालिकामा विगत ३ वर्ष देखि संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरी अभियन्ताहरुले आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका अन्य व्यक्तिको लागि महिनवारी सरसफाई र प्याड निर्माणको अभियान अंतर्गत आज देवचुली १६ को बारहकोलमा रहेको प्रभात जनता आधारभूत विद्यालयमा सम्पन्न गरेका छन्
विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको को ज्ञान र प्याड गराउन पाउँदा खुसी देखिएका थिए ।
पहाडी भेग रहेको महिनावारीको बेलामा बिद्यालयमा नियमित हुन नसक्ने र बाहिर किन्नुपर्ने झन्जट समेत नहुने भयकोले यो कार्यक्रम सफल रहने विद्यालयका प्रधानाध्यापक ले बताए
विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर लाई रोक्न यसले सहयोग गर्ने उहाँले बताउनुभयो।
अहिले विद्यालयमा प्याड उपलब्ध त भयको तर यो कपडाको पुन प्रयोग योग्य प्याड बजारिया भन्दा राम्रो अनि सस्तो पनि पर्ने र घरमा आफुलाई र अरूलाई पनि यो काम लाग्ने भएकोले खुसी लागेको सहभागी किशोरीले बताए ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत किशोरीलाई साथी शिक्षक (peer educator) को रूपमा तालिम हरु दियर उनीहरूको मार्फत नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताउनुभयो ।
किशोरी शसक्तिकरण अभियानअन्तर्गत समुदाय तथा विद्यालयमा रहेका बाल विवाह, सानो उमेरमा नै बच्चा जन्माउने, लागू औषधको प्रयोग, अनलाईनको दुरुपयोग जस्ता समस्याहरुको पहिचान गरी ती समस्याहरु समाधानका लागि स्वयं किशोर र किशोरीहरुको सहभागितासहित अभिभावक सचेतना कार्यक्रम संचालन, बाल क्लवहरुको क्षमता अभिवृद्धि गरी अभियानहरू संचालन, जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सहभागिता अभिवृद्धिको लागि पहलहरु गर्ने जस्ता कार्यक्रमहरु रहेको बताइएको छ |
साेमबारकाे कार्यक्रममा ५० जना किशोरकिशोरीहरुलाई महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न गरिएको हो।
तालिममा विद्यालयका प्र.अ.सहायक प्र.अ. शिक्षकहरु, विद्यालय बालक्लव फोकल शिक्षक र तथा विद्यालय स्तरिय बाल क्लबका पदाधिकारीको उपस्थित रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |