२०८१ आश्विन ६, आईतबार
प्रिय धन । चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज प्राथमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । इम्बोक्स नवलपरासी पूर्वको आयोजना तथा नवजागरण नमूना मावि चोरमाराको संयोजनमा सोमबार नवजागरण नमूना माविको मिनी सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि नवजागरण नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दु काफ्लेले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता खालका प्रतिस्पर्धा हुन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका सोही विद्यालयका सहायक प्रधानाध्यापक सुर्य प्रसाद काफ्लेले प्रतियोगिताले शैक्षिक प्रतिस्पर्धा मात्र नभई बालबालिकालाई अरु सामु प्रस्तुत हुने बानीको समेत विकास हुने बताउनुभयो ।
प्रतियोगितामा इम्बोक्समा आवद्ध नवलपरासी पूर्वका १७ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । छनौट चरणमा ७ ओटा विद्यालय वाहिरीएपछि १० वटा विद्यालयको मात्र प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल लोक सेवा मावि मध्यविन्दु ९ बसन्तपुरका विद्यार्थीहरु दृष्टि खत्री , सिद्धान्त गुरुंग र रवि कुमार मुखिया प्रथम भएका छन् ।
त्यस्तै भानुदय नमूना मावि विनयीत्रिवेणी १ दुम्कीबासका विद्यार्थीहरु संघर्ष अर्जेल , जीवन कुशहवा र सारिका बस्नेत द्वितीय भएका छन् भने नवजागरण नमूना माविका प्रशना खनाल , बर्षा खनाल र विनायक गैरे तृतीय भएका छन् । यसै गरि जनता सिद्ध अमर मावि मध्यविन्दु ४ लुसलहरीका विद्यार्थीहरु लक्ष्मी बिक , अंशु ढकाल र विजय थनेत सान्तवना भएको नवजागरण नमूना मावि चोरमाराका अंग्रेजी समूहका संयोजक शिक्षक रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उनीहरुले क्रमशः नगद २ हजार , १५०० , १ हजार र ५०० सहित प्रमाणपत्र प्राप्त गरेको इम्बोक्स नवलपरासी पूर्वका सदस्य एवं नेपाल लोकसेवा मावि बसन्तपुरका प्रधानाध्यापक लेखराज भण्डारीले जानकारी दिनुभयो । इम्बोक्स नवलपुर भित्रका १७ विद्यालय सहभागी रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक केदारनाथ पाण्डेले गर्नुभएको गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |