२०८१ आश्विन ५, शनिबार
प्रिय धन । चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज इमिस सम्बन्धी कार्यशाला तालिम सम्पन्न भएको छ । आधारभूत तह संचालित सामुदायिक तथा संस्थागत विद्यालयमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली इमिस हेर्ने शिक्षकका लागि तालिम दिइएको शिक्षा युवा तथा खेलकुद शाखा मध्यविन्दुका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले वास्तविक विपन्नका लागि छुट्याइएको रकम उनीहरुले नै प्राप्त गरुन् भन्ने उद्देश्यका साथ विपन्न लक्षित छात्रवृत्ति पि एम टी कार्यान्वयन गरिएकाले यथार्थ विवरण अद्यावधि गर्न अनुरोध गर्नुभयो । उहाँले अबको युग प्रविधिको युग भएकाले आउंदो पुस्तालाई सहज़ हुने तरिकाले हामीले गोरेटो निर्माण गरिदिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य बारेमा प्रष्ट पार्नुहुँदै शिक्षा युवा तथा खेलकुद शाखा मध्यविन्दुका प्रमुख टेक प्रसाद पाण्डेले कतिपय बालबालिकाहरुले प्राप्त गर्ने छात्रवृत्ति इमिस शिक्षककै कारण रोकिएको भन्दै त्यसको जिम्मेवारी इमिस हेर्ने शिक्षक नै हुने बताउनुभयो । कक्षा ८ मा अध्ययनरत बालबालिकाले कक्षा ९ र १० मा तथा कक्षा १० मा अध्ययनरत बालबालिकाले कक्षा ११ र १२ प्राप्त गर्ने विपन्न लक्षित छात्रवृत्तिमा जिम्मेवाऱीका साथ लाग्न समेत पाण्डेले आग्रह गर्नुभयो । कार्यशाला तालिम मध्यविन्दु नगरपालिकाको नयाँ प्रशासनिक भवन चोरमारामा भएको हो । तालिम पश्चात शिक्षक द्वय: नारायण थापा र चांदनी महतोले खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रम मध्यविन्दु नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टेक प्रसाद पाण्डेको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा प्राविधिक सहयोगी गीता चापागाईं पाण्डे , मध्यविन्दु नगरपालिका भित्र निमावि तह संचालित ३६ वटा विद्यालयका इमिस हेर्ने शिक्षकको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |