२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका १७ मा चालु वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुआत गरिएको छ ।
कावासोती १७ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तरगतको पाईपलाईन खन्ने काममा रोजगार प्रदान गरिएको हो । उक्त कार्यक्रमको शुक्रबार एक कार्यक्रमका बीच सुरुआत भएको खानेपानी संस्थाका अध्यक्ष रामकृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।
कावासोती १७ का अध्यक्ष छविलाल महतो तथा ईन्जीनियर समेतको सहभागितामा कार्यक्रम सुरुआत भएको हो । कार्यक्रम अन्तरगत १७ न. वडामा ४२ जनाले रोजगार पाएका छन् । खानेपानीको १० किलोमिटर पाईपलाईन खान्ने र पुर्ने काममा उनीहरु खटिएका हुन् । कावासोती १७ को अमलटारी सेनाको ब्यारेकलाईनमा खन्ने काम सुरु भएको हो । काममा अधिकाशं महिलाको सहभागिता रहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध रोजगारदातालाई एक सय दिनको काम सरकाले दिने नीति छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |