२०८१ आश्विन ५, शनिबार
मिना कंडेल । नवलपुर । राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारी प्रदान गरिएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् । फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले राधाले मृत्युवरण हुने समयसम्म पनि गरेको साहसबाट सबैले सिक्नु पर्नै बताउनु भयो । आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाज प्रति गरेको उनको योगदानलाई भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
साथै उहाँले क्यान्सर रोगका बिरामीले निशुल्क उपचार पाउने बताउनु भयो । गण्डकी प्रदेशले क्यान्सरबाट अकालमा ज्यान गुमाएका व्यक्तिको सहजताका लागि निशुल्क उपचार गर्न लागिएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताउनु भयो । जिल्लामा रहेर जुनसुकै हिंसालाई निरुत्साहित गर्न आफू सदैव तयार हुने बताउनु भयो ।
कार्यक्रममा कांग्रेस नेता गोपाल बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, वडाअध्यक्ष लक्ष्मी पौडेलले निडर र साहसी राधाले समाज परिवर्तनमा पुयाएको योगदानका बारेमा चर्चा गर्दै आउने दिनमा उनले शुरु गरेको क्यान्सर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनु पर्नैमा जोड दिनु भयो ।
वि।स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधन पश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।
गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |