२०८१ आश्विन ५, शनिबार
बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिका वडा –३ सिंघुवामा बुलिङटार प्राथमिक स्वास्थ्य सेवा केन्द्रको सुविधा सम्पन्न भवन बन्ने भएको छ । बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटीले सोमबार भवनको शिलान्यास गर्नुभएको छ । निर्माणका लागि ग्रीन वल्ड कन्स्ट्रक्सन काठमाडौंसँग २०७८ साल बैशाखमा सम्झौता भएको उक्त सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बस्ताकोटीले बताउनु भयो । बुलिङटारमा स्वास्थ्य सेवाको सहज पहुँचका लागि भवन निर्माण गर्न लागेको अध्यक्ष बास्ताकोटीले बताउनु भयो । उक्त भवन चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्न उहाँले कन्स्ट्रक्सन कम्पनीलाई आग्रह समेत गर्नुभएको छ ।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि बुलिङटार गाउँपालिकाबाट रु ८० लाख र जिल्ला समन्वय समितिबाट रु ५० लाख गरि जम्मा रु १ करोड ३० लाख बजेट उपलब्ध भएको बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले बताउनु भयो । भर्याङ सहित १२ कोठाको २ तले भवन बन्ने शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।त्यस लगत्तै १० श्यैयाको अर्को भवन निर्माण सुरु गरिने श्रेष्ठले बताउनुभयो । स्वास्थ्य चौकीमा आठौं तहका मेडिकल अधिकृतबाट स्वास्थ्य उपचार, एक्स ९रे,ई।सि।जि लगायत सेवा उपलब्ध छ ।
गाउँपालिकामा रहेका तीन वटा सामुदायिक स्वास्थ्य इकाईबाट रिफर भई आउनेलाई उपचार सेवा प्रदान गर्ने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । सुविधासम्पन्न भवनबाट सेवालाई प्रभावकारी बनाउन सके बुलिङ्टारका १९ हजार एक सय २२ जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयो । शिलान्यास समारोहमा बुलिङटार गाउँपालिकाका उपाध्यक्ष मैना वि।क, बुलिङटार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनाल, वडा नं ३ का वडा अध्यक्ष यम बहादुर झेँडी, कार्यपालिका सदस्य कुुल बहादुर कुमाल, नेपाल कुमाल समाज बुलिङटारका अध्यक्ष सन्त बहादुर कुमाल लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |