२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती नगरपालिकाको शैक्षिक गतिविधिको अध्ययन ,अवलोकनका लागि धनुषाबाट आएको टोलीले कावासोती नगरपालिकालाई यही मंसिर २२ गते परेको विवाहा पञ्चमीमा निम्तो दिएको छ । शिक्षा क्षेत्रमा कावासोती नगरपालिकाले गरेका कार्यहरूको विषयको जानकारी लिने र अवलोकनलाई आएको टोली अन्र्तगत गणेशमान चारनाथ नगरपालिका उप प्रमुख मिना कुमारी यादवले नगरपालिकाले शिक्षा क्षेत्रमा सफल र उदाहरणीय कार्य गरेको बताउँदै आफूहरूले समेत यहाँका सफल अभ्यासलाई आफ्नो नगरपालिकामा कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो । सोही क्रममा उहाँले कावासोती नगरपालिकाले सिकाइ आदान प्रदान कार्यमा गरेको सहकार्य र स्वागतको प्रशंसा गर्दै विवाह पञ्चमीको अवसरमा जनकपुर भ्रमणको निम्तो समेत प्रदान गर्नुभएको थियो ।
धनुषाको सबेला, नगराइन, गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाबाट आएको जनप्रतिनिधि, आसमान नेपालका कार्य समिति पदाधिकारी, सदस्य, कर्मचारी, शिक्षा क्षेत्रका व्यक्तित्वहरुको टोलीलाई स्वागत गर्दै नगर प्रमुख चन्द्र कुमारी पुनले शिक्षा क्षेत्रको विकासमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षा शाखा सहित सिंगो नगरपालिका टिम लागेको बताउनुभयो । सोही कार्यक्रममा नगर उप प्रमुख पे्रम शंकर मर्दनिया थारूले यहाँ रहेका शैक्षिक संस्थाको विकास र शिक्षाको गुणस्तर वृद्धिमा आफूहरू सक्दो लागेको बताउनु भएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एव नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी, शिक्षा शाखा अधिकृत राजन पाण्डे, श्रोत शिक्षक तीर्थ कंडेलल लगायतले कावासोती नगरपालिकाको शैक्षिक कृयाकलापको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |