२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती नगरपालिका भित्रका ६ देखी ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्थाको स्थिती पत्ता लगाउन शारीरिक लेखाजोखा कार्यक्रम जारी रहेको छ । कावासोती नगरपालिका भित्रका सबै १७ वटै वडामा अहिले बालबालिकामा पोषणको अवस्था पत्तला लगाउने काम जारी रहेको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पारेश्वर भुर्तेलले बताउनुभयो ।
कावासोती नगरपालिका भित्र ७५ वटा केन्द्रको स्थापना गरि अहिले बालबालिकाको शारीरिक लेखाजोखा गर्ने काम जारी रहेको सिनियर अहेव अधिकृत भुर्तेलले बताउनुभयो । केन्द्रमा आएका बालबालिकाको पाखुराको नाप, बालबालिको उचाई र तौल हेर्ने काम हुने उहाँले बताउनुभयो । यि तीनवटा जाँच गर्दा आवश्यक रुपमा हुनुपर्ने भन्दा कम भएमा उचित उपचार प्रक्रियामा लैजाने भुर्तेलले बताउनुभयो ।
यसले बच्चाको अवस्था थाहा हुने हुदा भोलीका दिनमा कुपोषणका कारण हुने स्वास्थ्य जटिलता हटाउन मद्धन पुग्ने उहाँले बताउनुभयो ।
लेखाजोखाका लागि सबै केन्द्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेवीकाहरु परिचालन गरिएको सिनियर अहेब अधिकृत भुर्तेले बताउनुभयो । लेखाजोखा कार्यक्रम चैत १६ गते सम्म गर्ने योजना रहेको छ । बालबालिकाहरुको लेखाजोखा गर्ने काम यस अवधीमा नसकीय केही दिन थप गरिने समेत उहाँले बताउनुभयो । लेखाजोखाको क्रममा चैत १० गते सम्म २० जना बालबालिकामा कडा खालको कुपोषण देखीएको छ । करिब एक सय जनामा मध्यमखालको कुपोषण देखीएको भुर्तेलले बताउनुभयो । समयमै पहिचान भए शारीरिक रुपमा थप क्षती हुनबाट जोगाउन सकिने हुदा ६ महिना देखी ५९ महिना सम्मका आफ्ना बालबालिकालाई नजिकको केन्द्रमा लगि शारिरिक लेखाजोखा गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |