२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गरेको छ । नगरपालिका भित्रका बिभिन्न वडामा रहेका जेष्ठ नागरिकको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखा सिनियर अहेव अधिकृत पारेश्वर भुर्तेलले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिका भित्रका १२ वटा वडामा अहिले स्वास्थ्यकर्मी घर घरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिरहेका छन् ।
जेष्ठ नागरिकको सुगर, रक्तचाप र अन्य स्वास्थ्य जाँच गरिएको सिनिएर अहेब अधिकृत भुर्तेलले बताउनुभयो ।
कावासोती नगरपालिका भित्रका १,४ ,५ ,६ ७,९ १० ,१२ ,१३ ,१५ र १७ नम्बर वडाहरुमा यो कार्यक्रम संचालन गरिएको छ । अन्य वडामा आवश्यक श्रोतको अभावले गर्न नसकिएको भएपनी बाँकी वडामा समेत आगामी दिनमा कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो । पहिलो चरणमा अहिले २० गते सम्म स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य जाँच गर्ने छन् । यसपछी प्राप्त रिपोर्टको आधारमा आगामि योजना बनाईने भुुर्तेलले बताउनुभयो । जेष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिकहरु खुसी भएको उहाँले बताउनभुयो ।
स्वास्थ्य जाँच पछी केही समस्या भए मध्यविन्दु जिल्ला अस्पतालमा रिफर गर्ने गरिएको छ । जिल्ला अस्पतालमा कतिपय निशुल्क औषधीहरु प्राप्त हुने हुदा त्याँहा रिफर गर्ने गरिएको सिनिएर अहेव अधिकृत भुर्तेलले बताउनुभयो ।
कावासोती नगरपालिकाले जेष्ठ नागरिक घर दैलो स्वास्थ्य कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको र सोही अनुसार अहिले घर घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच गर्ने काम गरिएको कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । यस कार्यक्रमबाट जेष्ठ नागरिकले स्वास्थ्य लाभ लिने नगर प्रमुख पुनले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |