२०८१ आश्विन ५, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालीकाले बिहीबार एकै दिन ११ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । कावासोती नगरपालिकाका भित्रका बिभिन्न ११ वटा वडामा यसै आर्थिक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने गरि बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।
कावासोती नगरपालिका वडा नम्बर १, २,४,५, ७,८ ,९ , ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । कावासोती नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यस अघिनै संचालनमा आईसकेका छन् । सेवालाई थप व्यस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
नगरभित्र यस अघि ६ वटा वडामा स्वास्थ्य केन्द्रकालागि भवन रहेकाले भवन नभएका बाँकी वडामा कार्यालय स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा सहज रुपमा नागरिकले पाउन सकुन भनेर सबै वडमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसको लागि भवन निर्माण गर्न लागिएको नगर प्रमुख पुनले बताउनुभयो । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीति अनुसार अहिले नगर भित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।
बिभिन्न वडाको शिलान्यास पछि कावासोती नगरपालिका वडा नम्बर ८ मा भएको समापन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले स्वास्थ्यको क्षेत्रमा सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । यसले हरेक नागरिकलाई सहज रुपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उप प्रमुख मर्दनिया थारुले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले बताउने समेत उहाँले बताउनुभयो ।
एउटा कार्यालय करिब ३८ लाख रुपैयाको लागतमा निर्माण हुने कावासोती नगरपालिका आर्किटेक इन्जिनिएर पवन रुपाखेतीले बताउनुभयो । यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्न गरी ठेक्का सम्झौता समेत भईसकेको उहाँले बताउनुभयो । संघिय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्ड अनुसार टाईप २ प्रकारको भवन बन्ने छ ।
आधारभूूत स्वास्थ्य सेवा केन्द्रबाट नेपाल सरकारले उपलब्ध गराउने ३५ प्रकारका निशुल्क औषधी सहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसुती सेवा ,पोषण सहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो ।
बिहिबारनै कावासोती नगरपालिका वडा नम्बर १ र ११को वडा कार्यालयको समेत शिलान्यास गरिएको छ ।
बिभिन्न वडामा भएको शिलान्यास कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, उप प्रमुख पे्रम शंकर मर्दनिया थारु, प्रमुख प्रशासकिय अधिकृ रमेश घर्ती, शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला , स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेल , आर्किटेक ईन्जिनिएर पवन रुपाखेती, भिन्नि वडामा वडा अध्यक्ष ,जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |