२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाले ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । नगर भित्र रहेका ज्येष्ठ नागरिकलाई निशुल्क रुपमा घदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यले कायक्रम सुरु गरिएको हो । आज नगरपालिका भित्रका हरेक वडाबाट ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम सुरु भएको कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर तीनमा कावासोती नगरपालिका नगर उप प्रमुख फूल कुमारी थनेत, वडा अध्यक्ष डोरमान गिरी, सदस्यहरु, स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेल सहितको उपस्थितीमा कार्यक्रम सुरु गरिएको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था निशुल्क रुपमा घरदैलोमा पुगेर परिक्षण गर्दा सहजता हुने भएकाले कार्यक्रम सुरु गरिएको नगर उप प्रमुख फूलकुमारी थनेतले बताउनुभयो ।
सेवाले ज्येष्ठ नागरिकलाई लाभ मिल्ने र आफूमा केहि समस्या भए थाहा पाउने वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख नागिलाका अनुसार ७० वर्ष माथी उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य कर्मी घरघरमा पुग्नेछन् । स्वास्थ्यकर्मीहरुले रक्तचाप, सुगर लगाएको परिक्षण गर्ने ,कुनै औषधी सेवन गरिरहेको भए नियमित सेवनकालागि सल्लाहा दिने, परिक्षणका क्रममा कुनै समस्या देखिए अस्पताल पुगेर थप उपचार गराउन भन्ने उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्य अवस्था राम्रो बनाउन योग अभ्यास गर्न सल्लाह प्रदान गर्ने समेत स्वास्थ्य शाखा प्रमुख नागिलाले बताउनुभयो । ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रमबाट नगर भित्रका करिब तीन हजार ज्येष्ठ नागरिकले लाभ लिने अनुमान गरिएको उहाँले बताउनुभयो ।
कावासोती ४ मा समेत वडा अध्यक्ष नारायण प्रसाद लोहनीको उपस्थितीमा कार्यक्रम शुरु गरिएको छ । नगरपालिका भित्रका अन्य वडामा समेत कार्यक्रम सुरु गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |