२०८१ आश्विन ६, आईतबार
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन । गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्यौल छ । सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणलगायत काम सकेर अनुगमनका लागि बिमा बोर्डलाई आग्रह गरिएको थियो तर अनुगमन र निःशुल्कमा सूचीकृत हुन नसक्दा सेवा प्रदान गर्न नसकिएको उहाँको भनाइ थियोे । “आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणजस्ता काम सकिएको छ, अब निःशुल्कमा सूचीकृत गरेर सेवा सुरु गर्ने तयारी हो”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “यसका लागि बिमा बोर्डले अनुगमन गर्नुपर्छ, अनुगमनको काम नहुँदा सञ्चालनको मिति धकलिएको छ ।”
उहाँले भन्नुभयो, “बिमा बोर्डले अनुगमन गरी निःशुल्कमा सूचीकृत गरेपछि मात्र सेवा सुरु गर्ने भनेका हौँ, अहिले पनि सेवा दिन नसकिने हैन, असारमा सबै तयारी पूरा भएको हो तर डायलासिसको सोधभर्ना हुने हुँदा, सशुल्क सुरु किन गर्ने भनेर हो ।”
दुई महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्दा सेवाग्राही भने मारमा परेका छन् । अन्यत्रबाट डायलासिस सेवा लिइरहेकाले जिल्लाबाट नै सेवा लिन सहज हुने भए पनि सेवा सुरु हुन नसक्दा सम्बद्ध बिरामी अन्य जिल्ला धाउनुपर्ने बाध्यतो छ ।यसैबीच उक्त अस्पतालमा सामाजिक सेवा इकाइसमेत स्थापना गर्न लागिएको छ । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवामा विपन्न, ज्येष्ठ नागरिक, बेसाहारा व्यक्तिलाई आंशिक छुट वा पूर्ण छुट के गर्न सकिन्छ भनेर यकिन गरी सहजरुपमा उपचार सेवा प्रदान गर्न यस्तो इकाइ स्थापना गर्न लागिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यस्तो इकाइ नहुँदासमेत यस प्रकारका सेवा प्रदान गरिएकामा इकाइ स्थापनापछि थप व्यवस्थित हुनाका साथै सेवा प्रदानमा सहजता मिल्ने उहाँले बताउनुभयो ।
अस्पतालको मेसुमा डा जितेन्द्र कँडेल
मध्यबिन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा जितेन्द्र कँडेल नियुक्त हुनुभएको छ । यसअघिका मेसु डा वीरबहादुर थापाको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त रहेकामा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले उहाँलाई मेसुमा नियुक्त गरेको हो । म्याग्दीस्थित बेनी अस्पतालबाट सरुवा भएर आउनुभएको डा कँडेल निमित्त मेसुका रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |