२०८१ आश्विन ६, आईतबार
नवलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल –प्याब्सन नवलपुरको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कावासोतीमा भएको लोक नृत्य प्रतियोगितामा लिटिल स्टेप एकेडेमी अरुणखोला प्रथम भएको छ । जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा सरस्वती निकेतन गैंडाकोट द्वितीय भएको छ ।
प्रतियोगितामा अरुणखोला बोडिङ्ग स्कुल अरुणखोला तृतीय भएको छ । प्याब्सन नवलपुरको केन्द्रिय कार्यक्रम अनुसार जिल्ला स्तरमा प्रतियोगिता सम्पन्न गरिएको प्रतियोगिता एवं प्याब्सन नवलपुरका जिल्ला अध्यक्ष दीपक रावतले बताउनुभयो । विद्यार्थीहरुमा भएका कला प्रस्फुटनका लागि केन्द्रिय कार्यक्रम अनुसार प्रतियोगिता भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले जिल्लामा भएको प्रतियोगिता भएपनि यो केन्द्रिय स्तरकै कार्यक्रम भएको बताउनुभयो । जिल्ला ,प्रदेश हुँदै केन्द्र सम्म लोक नृत्य प्रतियोगिता कार्यक्रम हुने बताउँदै जिल्लामा प्रथम विद्यालय प्रदेशमा सहभागि हुने बताउनुभयो । प्रदेश हुँदै केन्द्रमा जाने भएकाले आज प्रथम विद्यालयलाई थप सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमिति सह कोषाध्यक्ष दिपकराज लम्साल, केन्द्रिय सदस्य जगतप्रसाद भट्टराई, गण्डकी प्रदेश कार्यसमिति सल्लाहकार भोजराज दाहाल, सह कोषाध्यक्ष विन्दुकुमार श्रेष्ठ, सदस्य थनासरी चापागाईँ, जिल्ला कार्यासमिति प्रमुख सल्लाहकार केपी आचार्य, जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भिमलाल कँडेल, सह सचिव अनिल थापा, कोषाध्यक्ष चुरा बहादुर गुरुङ, सह कोषाध्यक्ष मोहन सिंह थापा वाकवल, प्याब्सनका पालिका अध्यक्षहरू देवचुलीका सन्त बहादुर क्षेत्री, कावासोतीका त्रिलोक तिवारी लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश २० हजार ,१५ हजार र १० हजार प्राप्त गरेका छन् । कान्तमणी चौधरीको सञ्चालनमा भएको कार्यक्रममा प्याब्सन नवलपुरका बरिष्ठ उपाध्यक्ष भिमलाल कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |