२०८१ आश्विन ६, आईतबार
डेढगाँउ । नवलपुरकाे बाैदीकाली गाउँपालिकाले एसइई उत्तिर्ण विद्यार्थीलाई लक्षित गरि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेबाे छ । दुई दिने शैक्षिक परामर्श कार्यक्रम गरिएको हाे । बौदीकाली गाउँपालिका वडा नं.२ स्थित डेढगाउँ मा.वि. र २० गते बौदीकाली गाउँपालिका वडा नं. ६ स्थित नगरडाँडा मा.वि.मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरु सहभागि भएका ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष प्रकाश ओझाले अवको ५ बर्षभित्र कम्तीमा नयाँ ५०० जना प्राविधिक शिक्षा प्राप्त व्यक्तिहरु तयार गरी रोजगारीमा आवद्ध गर्ने गाउँपालिकाको सोच अनुरुप कार्यक्रम संचालन भएको बताउदै गाउँपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा पहुँच बढाउन विशेष छात्रवृत्तिको कार्यक्रम संचालन गरिएको पनि बताउनु भयो । सहि समयमा गरिने सहि निर्णयले मात्रै परिणाम पनि सहि दिने भएकोले विद्यार्थीहरु तथा उनीहरुको अभिभावकलाई कुनै दुविधा नहोस भन्ने कुरामा गाउँपालिका सचेत रहेकोले यस्ता कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष डिलकुमारी के.सी. सारुले अभिभावकहरुले दुःख गरेर आफ्ना छोराछोरीलाई पठाउन पठाउने भएकोले त्यसको ख्याल गर्दै अध्ययनमा लाग्न आग्रह गर्नुभएको थियो । साथै बच्चाहरुको सक्षमता र इच्छा नबुझि वा वेवास्ता गरी जबरजस्ती कुनै विषय पढ्न/पढाउन उचित नहुने भएकोले रुची र सक्षमताको आधारमा विषय छनौट गर्न अभिभावक र विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले गाउँपालिका भित्रका विद्यार्थीहरुलाई अवको गन्तव्यलाई मार्गदर्शन गरी दक्ष जनशक्ति उत्पादन मार्फत रोजगारी श्रृजना गर्न कार्यक्रम संचालन गरिएको बताउदै सपनालाई पछ्याउनेहरु नै चाँडो गन्तब्यमा पुग्ने भएकोले चाहना र सपनालाई मध्यनजर गर्दै भविष्यको कदम चाल्न आग्रह गर्नुभएको थियो ।
माध्यमिक तह परीक्षा उत्तिर्ण हुन सफल विद्यार्थीको लागि उज्ज्वल भविष्य निर्माणमा उपयुक्त विषय वा संकाय छनौटमा सहयोग गर्ने, प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीहरुलाई अभिमुखिकरण गर्ने उद्देश्यले गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम संचालन गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा शैक्षिक परामर्श दिन सहजकर्ताहरुको रुपमा शिव मा.वि. बुलिङटारका प्रकाश देवकोटा, कालीगण्डकी बहुप्राविधिक शिक्षालयका प्रमुख भूमहेश्वर रंजितकार, किसान बहुप्राविधिक शिक्षालयका प्रमुख मोहन बहादुर कार्की, तनहुँ प्राविधिक शिक्षालयका प्रदिपराज पौडेल तथा जनज्योती क्याम्पसका प्रमुख केशवराज काफ्ले रहनुभएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, समाजसेवी होमनाथ भट्टराई, सबै वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका उपाध्यक्ष तथा अध्यक्षले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीले गर्नुभएको थियो ।
बौदीकाली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले विद्यार्थीहरुको शैक्षिक भविष्यको कोसेढुङ्गाको रुपमा कार्यक्रम सावित हुने कुरा उल्लेख गर्नुभयो । उज्ज्वल भविष्य निर्माणमा सहि विषय चुनेर भविष्य निर्माण गर्नुपर्ने कुरामा जोड दिदै बौदिकाली ३ का वडाअध्यक्ष तेज वहादुर थापाले शिक्षामा गुणस्तर बढाउदै यस्ता कार्यक्रमहरु निरन्तर संचालन हुनुपर्ने कुरामा जोड दिनुभयो । शिक्षामा प्रतिस्पर्धा बढ्दै गएको यो अवस्थामा उत्कृष्ट विद्यार्थी उत्पादनमा विद्यालयहरुको विशेष भुमिका हुने बताउदै वडा सदस्य रविन्द्रराज कण्डेल गुणस्तरीय शिक्षामालगानी बढाउनुपर्ने कुरा बताउनुभयो ।
४ का वडा अध्यक्ष मनबहादुर सारुले विद्यार्थीहरुलाई शैक्षिक परामर्श कार्यक्रम संचालन गरिनु उनीहरुको लागी ठुलो अवसर रहेको बताउनु भयो । बौदीकाली ५ का वडा अध्यक्ष खिम बहादुर खरु थापाले विद्यार्थीहरुको शैक्षिक निर्णय निर्माणका अभिभावक र विद्यार्थीहरुको लागी गाउँपालिकाले उत्कृष्ठ अवसर श्रृजना गरेको बताउनु भयो ।
वडा नं. ६ का वडा अध्यक्ष खुमकुमार सारुले प्राविधिक शिक्षा हासिल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सामाजसेवी होमनाथ भट्टराईले विद्यार्थीहरुले आफ्नो रुचिको क्षेत्रमा उच्च शिक्षा हासिल गरि ज्ञान सीप बृद्धि गर्दै जागिर खोज्ने बाटोमा नभई जागिरले खोज्ने बाटोमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा शिव मावि बुलिङटारका प्राविधिक धार तर्फका कार्यक्रम संयोजक प्रकाश देवकोटाले प्रि डिप्लोमा सिभिल कार्यक्रम अन्तर्गत १८ महिने कोर्षमा विद्यार्थीलाई जोड्न सके शैक्षिक वेरोजगार उत्पादनमा कमि ल्याइ स्वरोजगार बनाउन सकिने बताउनुभयो । विद्यार्थीहरुको लागी विभिन्न प्रिडिप्लोमा कार्यक्रमहरु तथा तालिमहरुको अवसर रहेकोले उक्त कार्यक्रमहरु मार्फत ज्ञान सीप बृद्धि गरी रोजगारी श्रृजना गर्न सकिने बताउनुभयो ।
तनहुँ प्राविधिक शिक्षालय प्रमुख प्रदिपराज पौडेलले प्रमाणपत्र वाहक बेरोजगारहरु मात्रै उत्पादन भएको बताउदै प्राविधिक शिक्षाले मात्रै त्यस्तो समस्याको अन्त्य गर्ने भएकाले अवको गन्तब्य प्राविधिक शिक्षा हुनुपर्ने कुरामा जोड दिदै राष्ट्रिय आवश्यकता समतेलाई मध्यनजर गर्दै कृषि शिक्षामा लाग्न विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो । त्यसैगरी कालिगण्डकी वहुप्राविधिक शिक्षालयका प्रमुख भुमहेश्वर रञ्जितकारले सि.टि.ई.भि.टि. द्धारा संचालित विभिन्न प्राविधिक शिक्षा मार्फत सीप बृद्धि गरी सीपलाई प्रविधिसंग आवद्ध गर्दै रोजगारी श्रृजना गर्न सकिने बताउदै बन, कृषी, ईन्जिजियरिङ्ग वा स्वास्थ्य तर्फका कार्यक्रमहरु आजको आवश्यकता रहेको बताउनु भयो साथै किसान बहुप्राविधिक शिक्षालयका प्रमुख मोहन बहादुर कार्कीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
क्यम्पस प्रमुख काफ्लेले स्थानीय तहकले शैक्षिक योजना तर्जुमा गरी त्यसैको आधारमा कार्यक्रमहरु संचालन गरिनुपर्ने र विद्यार्थीका आवश्यकता र रुचीलाई त्यसै मार्फत सम्बोधन गर्न सकिए कार्यक्रम अझै सान्दर्भिक हुने बताउनु भएको थियो ।
कार्यक्रममा सहभागी विधार्थीले परामर्श कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका थिए । बाैदीकालिमा पहिलोपटक यस्तो खाले शैक्षिक परामर्श कार्यक्रम भएको हाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |