२०८१ आश्विन ६, आईतबार
कावासोती । विश्वव्यापी रुपमा देखिएको कोरोना संक्रमण पछि आयुर्वेद तर्फ नागरिकको आकर्षण ह्वात्तै बढेको पाइएको छ ।
कावासोती आठमा रहेको कावासोती आयुर्वेद औषधालयका प्रमुख कविराज नवराज पौडेलका अनुसार कावासोती आयुर्वेद औषधालयमा गत वर्ष आठ हजार ३ सय ४२ जनाले सेवा लिएका छन् । जसमध्ये सबैभन्दा बढि ओपिडी सेवा लिनेको संख्या ६ हजार ७३ रहेको कविराज पौडेलले जानकारी दिनुभयो । पञ्चकर्म ( पूर्वकर्म तर्फ ४१३ जना , स्तनपायी तथा पोषण सेवा १५३ जना , जेष्ठ नागरिक सेवातर्फ २०१ जनाले सेवा लिएको कविराज पौडेलले बताउनुभयो । औषधालयले कावासोती वडा नं. ६ र १६ मा रहेको गाउँघर क्लिनिकको नागरिक आरोग्य सेवा मार्फत पनि सेवा प्रदान गर्दै आएको छ । जसमा एक हजार ५०२ जनाले सेवा लिएका छन् ।
विद्यालयबाट निःशुल्क रुपमा सेवा प्रदान गर्ने गरिएको छ । औषधालयमा पेटसम्बन्धी अम्लपित्त , ग्यास्ट्रिक, श्वासप्रस्वास सम्बन्धी रोग , बाध , मृगौला सम्बन्धी रोग , नाककान घाँटी लगायतका रोग सम्बन्धी सेवा प्रदान गर्ने गरिएको छ । कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम अन्तरगत रसायन वर्धक औषधी वितरण गर्ने र पोषण सेवा अन्तरगत (स्तनपायी ) सुत्केरी भइसकेपछि बच्चाका लागि पर्याप्त मात्रामा दूध उत्पादन नहुने महिलाहरूका लागि स्वास्थ्य प्रबर्द्धन गर्न स्तन्यवर्धक औषधी वितरण , हाडजोर्नी र बाध रोगका बिरामीका लागि पूर्वकर्म थेरापी लगायतका कार्यक्रम सञ्चालन गरिएको कविराज पौडलले जानकारी दिनुभयो ।
पूर्वकर्म थेरापी थेरापी सेवा हप्ताको तीन दिन प्रदान गर्ने गरिन्छ । सोमबार, बुधबार र शुक्रबार थेरापी सेवा उपलब्ध हुँदै आएको छ ।
कविराज पौडेलका अनुसार कोभिड पछि यस औषधालयमा सेवाग्राहीको चाप बढेको छ । कोभिड भन्दा अघिका वर्षहरूमा वर्षको चार हजार पैँतालीस सयको सङ्ख्यामा सेवा लिन आउने गरेका थिए । तर, कोभिड पछि भने संख्या बढेर आठ हजार बढी पुगेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमण पछि जनमानसमा आयुर्वेदप्रति विश्वास बढेको उहाँको भनाई छ । आयुर्वेद देशको एउटा मौलिक चिकित्सा पद्धति हो । कोभिड सङ्क्रमणका बेलामा एलोप्याथिक भन्दा आयुर्वेद पद्धतिले कोभिड सङ्क्रमणका बिरामीहरूलाई राम्रो गरेको विश्वव्यापी रुपमा पाइएपछि अहिले जनमानसमा आयुर्वेदतर्फ आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |