२०८१ आश्विन ६, आईतबार
सृजना पौडेल । कावासाेती । नवलपुरको देवचुली ९ बिसालटार मा वृहत दात तथा आँखा सिविर सम्पन्न भएको छ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गी,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी , लियो क्लव अफ कावासोती सप्तरङ्गी र रोट्रयाक्ट क्लब अफ कावासोती को सङ्युक्त आयोजनामा असार १० गते शुक्रबार कार्यक्रम सप्पन्न भएको हो।
देवचुली ९ बिसालटार रहेको कालिका माबि मा भएको थियो र कार्यक्रममा बिद्यार्थी र अभिभावक गरि ३०८ जनाले सेवा लिएका थिए । नवलपरासी देवचुली ९ बिसालटार कालिका माबि मा रहेका बिद्यार्थी हरुमा स्वास्थ सचेतना जागृत गराउन साथै दात तथा आँखा संग सरोकार राख्ने समस्याहरु समाधान गर्न सकियोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको रोट्रयाक्ट क्लब को कोषाध्यक्ष पुजा श्रेष्ठ (सोनु) ले बताउनु भयो ।कार्यक्रममा स्थानीय हरुको उपस्तिथि तथा प्रदान गरिएको सेवाले आफुहरु सन्तुष्ट भएको भन्दै आगामी दिनमा समेत स्वास्थ लगायतका विभिन्न सहयोग कार्यक्रम आफुहरुले विभिन्न क्षेत्रमा लिएर जाने योजना बनाएको भोजराज भुर्तेल (किरण) बताउनु भयो ।सिविरमा सेवाग्राहीको आवस्यकता अनरुप दात तथा आँखा परिक्षण गरिएको थियो।आँखा परिक्षण पश्चात् आवश्यक हरुलाइ विभिन्न औसधि वितरन गरिएको थियो भने दातको सामान्य उपचार तथा दात निकाल्ने कार्य समेत दन्त चिकित्सकले गरेका थिए।सिविर संचालनका लागि कावासोतिमा रहेको एपेक्स डेन्टल क्लिनिक तथा दलदलेमा रहेको निदान आइ केयर तथा डेन्टल होमको प्राविधिक ,स्वास्थ जनशक्ति तथा औसधि सहयोग रहेको थियो।कार्यक्रममा निदान आइ केयर तथा डेन्टल होमका संचालक बिक्रम पाण्डे ,एपेक्स डेन्टल केयर का संचालक डा कपिल लामिछाने लगायतका स्वास्थकर्मी तथा स्थानीय वुद्दिजिविहरुको सहभागीता रहेको थियो।कार्यक्रम संचालनका लागि प्राविधिक सहयोग गर्ने संस्थाहरु,व्यवस्थापनमा सहयोग गर्ने नगरपालिका तथा आयोजनामा सहयोग गर्ने आयोजक संस्थाहरु र प्रतिनिधिहरुलाइ धन्यवाद दिदै लायन्स क्लब अफ कावासोती संप्तरङ्गीका अध्यक्ष तथा कार्यक्रमका सभापती भोजराज भुर्तेल (किरण) ले आगामी दिनमा समेत लायन्स कल्बले यस्तै खालका सामजिक कार्यक्रमहरु नवलपुरका विभिन्न स्थानहरुमा संचालन गर्ने योजना रहेको जानकारी दिनु भएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |