२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको कावासोतीमा रहेको सेन्ट जोसेफ ईङलिस बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सुरुआत गरेको ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ अन्तरगत बिहीबर ( आज ) बाल प्रतिभा कार्यक्रम भएको छ ।
विद्यालय प्राङगणमा आयोजना भएको यस कार्यक्रम अन्तरगत कक्षा ३ सम्मका सबै विद्यार्थीहरूबाट उनीहरूको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने कार्य गरिएको स्कुलका प्रिन्सिपल कमल प्रसाद चापागाँईले बताउनुभयो ।
विद्यार्थीहरूले नृत्य , गायन , कथा ,कविता, नाटक , प्रोजेक्ट , लगायतका प्रस्तुती प्रस्तुत गरेका थिए । उनीहरुलाई पुरस्कार वितरणको कार्यक्रम समेत गरिएको छ । विद्यार्थीहरुले आफ्ना अभिभावकका अगाडि प्रस्तुत गरेको अन्तरनिहित प्रतिभाले अभिभावकमा आफ्ना बालबालिकाहरू के कस्ता बाह्य कृयाकलापमा अब्बल छन् भन्ने बारेमा जानकारी भएको कार्यक्रम संयोजक अनिता थापाले बताउनुभयो ।
विद्यालय संचालक समितका सदस्य देव नारायण पाण्डेको अध्यक्षता तथा पदमा जिशी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक , विद्यार्थी , अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयका अध्ययनरत छात्रछात्राहरुले नै कार्यक्रम सञ्चालन गरेका थिए ।
यस्तै शुक्रबार ( भोली ) अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने छ । यस कार्यक्रम अन्तरगत सेन्ट जोसेफका विद्यार्थीहरूबाट नेपाली मौलिक लोक संस्कृति झल्कने सतार नृत्य , हुडक्यौली नृत्य , राउटे नृत्य , छलिया नृत्य प्रस्तुत हुने चापागाँईले बताउनुभयो । नेपालमा बिरलै देख्न पाइने र लोप हुने अवस्थामा पुगेका यस्ता मौलिक लोक नृत्यको जगेर्ना गर्न यस कार्यक्रमले टेवा पु¥याउने कार्यक्रम संयोजक रिचा श्रेष्ठले बताउनुभयो ।
यस्तै चैत १२ गते सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रम आयोजना हुँदैछ । देशव्यापी रुपमा सामाजिक कामका लागि परिचय बनाउन सफल कृष्ण कडेल सहितको टिमले ईन्द्रणी कार्यक्रमको छाँयाङकन गर्नेछ । भने , सोही दिन विभिन्न सामाजिक काम समेत हुने चापागाँईले बताउनुभयो । सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजकका रुपमा कक्षा नौ का विद्यार्थीहरू रहनेछन् । विद्यार्थीहरूको नेतृत्व विकासमा सहयोग पु¥याउन आयोजकका रुपमा कक्षा नौ लाई जिम्मेवारी प्रदान गरिएको उहाँको भनाई छ । यस्तै कक्षा आठका विद्यार्थीहरूको व्यवस्थापनमा खानाका परिकारको प्रदर्शनी समेत गर्नेछन् । विद्यार्थीहरूलाई सीप सँगै आयआर्जन गरि उक्त आम्दानी सामाजिक काममा लगाउने उद्देश्यले यस कार्यक्रमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यस विद्यालयले जिल्लामै नमुना विद्यालयका रुपमा आफूलाई स्थापित गराउन विभिन्न खाले कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ । अहिलेको आधुनिक समयमा किताबी ज्ञानले मात्रै विद्यार्थीहरूलाई नपुग्ने भएकाले नैतिक शिक्षा , सामाजिक परिवेश र सामाजिक भावनाको विकास गर्नका लागि पनि देउसीभैलो मार्फत् बृद्धाआश्रममा सहयोग, विद्यार्थीहरूलाई अध्यात्मको ज्ञान दिन मठमन्दिर अवलोकन , वातावरणीय सरसफाई लगायतका काममा सहभागि गराउँदै आएको छ । यस्तै खेल क्षेत्रको विकासका लागि समेत प्रथम सेन्ट जोसेफ कप फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कोटा प्रणाली लागु गरिएको छ । जिलामा नै कोटा प्रणालीमा सञ्चालित एक मात्रै विद्यालय समेत रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |