२०८१ आश्विन ६, आईतबार
हिमालदेव पंगेनी । बिहिबार जनक नमुना मा वि मा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालयकाे सभाहलमा भएकाे साे कार्यक्रमकाे गैंडाकाेट नगरपालिकाका मेयर छत्रराज पाैडेलले उद्घाटन गर्नुभयाे । विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा ले स्वागत भाषण गर्दै विद्यार्थीहरुलाई अागामी एसईई काे तयारी र पठन पाठनमा थप लगनशील हुन प्रेरणा प्रदान गर्न भन्दै उक्त कार्यक्रम अायाेजना गरिएकाे बताउनुभयाे । विद्यार्थीहरुलाई अाफ्नाे लक्ष्य प्राप्त गर्न र परिणाम मुखी क्रियाकलाप गर्न अभिप्रेरणा दिने उद्येश्यले कार्यक्रम आयाेजना गरिएकाे प्रधानाध्यापक शर्माले बताउनुभयाे । विद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष नवराज कंडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा अाफ्नाे मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि नगर प्रमुख पाैडेलले विद्यार्थीहरुलाई उत्पादन मुखि काम र परिणाम ल्याउने गरि अध्ययनमा लाग्न आग्रह गर्नु भयाे । साे उत्प्रेरणा कार्यक्रममा डा तारा गिरीले साे उत्प्रेरणा सम्बन्धी कक्षा सञ्चालन गर्नुभएकाे थियाे ।
यसैबिच बिद्यार्थीहरुकाे चाैतर्फी विकासका निम्ति विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरु र अभिभावक हरुका लागि यस्ता कार्यक्रम हरु सञ्चालन गर्दै आएकाे प्रधानाध्यापक शर्माले जानकरि दिनुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |