२०८१ आश्विन ६, आईतबार
कावासोती । समय सापेक्ष शिक्षालाई परिवर्तन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखे्रलले बताउनुभयो । सोमबार देवचुली नगरपालिका – १५ मा रहेको जनज्योति नमूना माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा संस्थापक प्रधानाध्यापक स्व. महाशर्मा घिमिरेको सालिक अनावरण समारोहमा बोल्दै समयको माग अनुसार समय सापेक्ष शिक्षालाई परिवर्तन तथा परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
पोख्रेलले नेपालमा राजनीतिक परिवर्तन भएसँगै शिक्षाको विषयलाई पनि ध्यानाकर्षण गर्नुपर्ने बताउनुभएको थियो ।
शिक्षाका सवालमा समेत सबैले सोच्नुपर्ने बताउनुभयो । स्थानीय तहमा रहेका माध्यमिक विद्यालय र प्राथमिक विद्यालय प्रति प्रदेश सरकारको दायित्व रहेकाले सहयोग गर्ने समेत मुख्यमन्त्री पोखे्रलले बताउनुभएको ।मुख्यमन्त्री पोख्रेलले अहिलेको गठबन्धन सरकारले शिक्षा नीति ऐन ल्याएको बताउँदै नीति मात्रै ल्याएर नहुने भएपनि व्यवहारिक रुपमा काम गरेर देखाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयको ५६ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले शिक्षासँगै शैक्षिक क्षेत्रका पूर्वाधार विकासलाई पनि जोड दिइरहेको बताउनुभयो ।उहाँले विकास निर्माणका पुल पुलेसा, बाटो, सिँचाइ लगायतको कामहरू क्रमैसँग हुने भन्दै शिक्षाका पूर्वाधार र गुणस्तर विकासमा समेत लगानीगर्नुपर्नेमा जोड दिनुभयो । आफू नवलपुरको भएकाले पनि आगामी वर्षको बजेट विनियोजन गर्दा नवलपुर जिल्लालाई प्राथमिकतामा राख्ने विनियोजन गर्ने मुख्यमन्त्री पोखे्रलले बताउनुभयो । -एलिना केसी
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |