२०८१ आश्विन ६, आईतबार
कावासोती । भरतपुर आँखा अस्पताल कावासोतीको वार्षिकोत्सवको अवसर पारि अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ । सोमबार कावासोती सभापति चोक नजिक रहेको भरपुर आँखा अस्पतालमा रहेका बिरामीलाई फलफूल बितरण गरि वार्षिकोत्सव मनाइएको हो । नवलपुरका आँखाका बिरामीलाई सेवा दिने उद्देश्यले एक वर्ष अघि चैत ७ गतेका दिन भरतपुर आँखा अस्पताल कावासोतीको स्थापना गरिएको थियो ।
सोही दिनको सम्झनामा सांसद तिलक महतको प्रमुख आतिथ्यता , नेत्र ज्योति संघ नवलपुरका अध्यक्ष डा. विष्णुप्रसाद लम्सालको अध्यक्षतामा फलफूल बितरण कार्यक्रम गरिएको हो ।
फलफूल बितरण पश्चात कार्यक्रममा बोल्दै सांसद तिलक महतले ज्योति गुमाएकाहरूलाई पुन आँखाको ज्योति दिनुकार्य महान भएको बताउनुभयो । अस्पतालले यहाँ रहेर पुर्याएको सेवाको कदर गर्दै भोलिका दिनमा अस्पताललाई थप व्यवस्थापन गर्न ,जग्गा प्राप्ति देखि भवन निर्माण सम्मको कार्यमा आफूले सकेको सहयोग प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका प्रशासकीय अधिकृत राजन पाण्डे, आँखा अस्पतालका डा. सुधा रानाभाट, उपभोक्ता हक हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरी, दया शंकर चौधरी, कृष्णराज धरेल, रमेश घिमिरे , उदय सिग्देल, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेत्र ज्योति संघ नवलपुरका सह सचिव योग प्रसाद रिजालले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |