२०८१ आश्विन ६, आईतबार
काठमाडौँ । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु गरिने भएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । ‘भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापनसहितका आवश्यक तयारी थालिसकिएको छ ।’
जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ । कोरोना सङ्क्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको थियो । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |