२०८१ आश्विन ६, आईतबार
कावासोती । इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल त्रिभुवन बाल मावि ढोकिले एक कार्यक्रमका बिच विधालयका सरोकारवालको उपस्थितिमा उत्सव कार्यक्रम गरेको छ । अवार्ड प्राप्त गरेको ओैपचारीक रुपमा विधालय परिवार र सरोकारवालालाई जानकारी दिन कार्यक्रम गरिएको विधालयका प्रधानाध्यापक दिपकनाथ घिमिरेले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई नवलपुर प्रमुख कृष्णचन्द्र पोखरेलले विधालयको मिहिनेतका कारण अवार्ड प्राप्त गर्न सफल भएकोमा शुभकामना दिनुभयो । उहाले तीन बर्ष पछिको पुन मुल्यांकनमा समेत आफुलाई अब्बल बनाउन सकोस भनेर शुभकामना दिनु भयो ।
त्रिभुवन बाल मावि सहित कावासोतीका चार विधालयले यस बर्ष पुर्ण इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेका थिए । यसै गरि नगर भित्रका १६ वटा विधालयले फाउन्डेसन अवार्ड प्राप्त गरेको कावासोती नगरपालिका शिक्षा श्रोत व्यक्ति तिर्थ कंडेलले बताउनु भयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष गुरुदत्त ढकालको अध्यक्षता र सहायक प्रधानाध्पक ठाकुर प्रसाद सिग्देलको संचालनमा कार्यक्रम भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |