२०८१ आश्विन ६, आईतबार
कावासोती । अन्तराष्ट्रिय स्कुल अवार्ड २०२१ प्राप्त गर्न सफल कावासोती नगरपालिकाभित्रका विद्यालयहरुलाई सम्मान गरिएको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । सोहीक्रममा व्रिटिश काउन्सिल नेपालको तर्फबाट लोगो, आइएसए झण्डा, ट्रफी तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले सम्मानीत विद्यालयका प्रध्यानाअध्यापक तथा प्रतिनीधिहरुलाई खादा र अविरले सम्मान र प्रमाणपत्र ट्रफी पनि प्रदान गर्नुभएको हो । कावासोती नगरपालिका भित्रका तिनवटा सामुदायिक विद्यालयहरु कावासोती १७ को त्रिभुवन बाल मा वि ढोकी, जनकल्याण मा वि रिठ्ठेपानी कावासोती एक , नवदुर्गा आधारभूत विद्यालय कावासोती दुई भाट्टोला र एउटा संस्थागत विद्यालय कावासोती १६ को नवलपुर एकेडेमी डण्डालाई सम्मान गरिएको हो ।
यस्तै फाउण्डेशन अवार्ड प्राप्त गर्ने चण्डेश्वरी मावि , चन्द्रहंश आधारभूत विद्यालय , दिपेन्द्र आधारभूत , गोसाईंबाबा आधारभूत विद्यालय , ज्ञानोदय मावि , जलदेवी प्रााथमिक विद्यालय , जनकल्याण मावि कावासोती आठ , जनता मावि कावासोती १४ , कालिका मावि , राजरत्न प्राथमिक विद्यालय , सरस्वती मावि हसौरा , सरस्वती मावि गोछडा ,बालकल्याण आधारभूत विद्यालय , महाराजा आधारभूत विद्यालय , नारायणी आधारभूत विद्यालय र शिव मावीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको छ ।
ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने यस अवार्ड शैक्षिक गुणस्तरको मापदण्डको सुचकको रूपमा रहेकाले यस अवार्ड प्राप्त गरेका विद्यालयबाट प्राप्त सर्टिफिकेटले अन्तराष्ट्रिय स्तरमा प्रतिप्रधा गर्दा पनि सहयोग पुग्ने कावासोती नगरपालिकाका श्रोत शिक्षक तिर्थ कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रशासकिय अधिकृत राकेश गुरुङ्ग , नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी लगायत संस्थागत तथा सामुदायिक विद्यालयका प्रअ , शिक्षक लगायतको सहभागिता रहेको थियो ।
ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने यो अवार्डलाई नेपाललगायत विश्वका विद्यालयहरुमा विशेष महत्वको रुपमा लिने गरिन्छ । व्रिटिश काउन्सिल, नेपालको मापदण्डअनुरुप विद्यालयहरुले क्रियाकलापमा आधारित कम्तिमा ७ वटा परियोजनाहरु सम्पन्न गरेपछि मापदण्ड पुरा गर्ने विद्यालयहरुलाई अन्तराष्ट्रिय स्कूल अवार्ड प्रदान गर्ने श्रोत शिक्षक कंडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |