२०८१ आश्विन ६, आईतबार
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा रहेका अभियुक्तहरूको स्वास्थ्य परिक्षण गरिएको छ । बिहीबार उनीहरूको हिरासत हाता भित्र स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
न्यायिक हिरासतमा रहेका अभियुक्तहरूलाई संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको संरक्षण एवं संवर्द्धनका लागि निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
हिरासतमा रहेका ४४ जना अभियुक्तहरूको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य परिक्षण पछि आवश्यक औषधि समेत निशुल्क उपलब्ध गराइएको थियो । परीक्षणका क्रममा थप उपचार आवश्यक रहेकाहरूलाई मध्यविन्दु अस्पताल रिफरल गरिएको र आवश्यक समय व्यवस्थापन गरि उपचारका लागि लैजाने प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |