२०८१ आश्विन ६, आईतबार
प्रिय धन पाण्डे । हुप्सेकोट ।न्यानो हुप्सेकोट अभियान अन्तर्गत ९५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । अकलादेवी प्राथमिक विद्यालय हुप्सेकोट ६ धौला र शिशु कल्याण तथा वालविकास केन्द्र , निस्दी २ थाम पाल्पाका ९५ जनालाई बुधबार कपडा वितरण गरिएको हो । न्यानो कपडा अभियानका अभियन्ता मदन थापाको अग्रसरतामा अभियन्ता मदन थापाका स्वर्गीय वुबा गोपिराम बयम्बु को समझनामा श्रीमती कलौ बयम्बुको तर्फबाट र स्वर्गीय हजुरबुवा ओम बहादुर रानाको समझानामा झ्यालबास निवासी मातृका रानाको आर्थिक सहयोगमा स्वीटर प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै अभियन्ता थापाले विगत केहि वर्ष देखि हुप्सेकोट गाउँपालिकामा स्वीटर वितरण अभियान संचालन हुँदै आएको बताउनु भयो । आफुले खाने गासबाट केहि रकम संचित गरि यसरी सहयोग गर्न पाउंदा खुशी लाग्ने गरेको थापाले बताउनुभयो । २ वटै विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुले अभियानप्रति आभार व्यक्त गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |