२०८१ आश्विन ६, आईतबार
प्रियधन पाण्डे ।हुप्सेकोट ।न्यानो हुप्सेकोट अभियान अन्तर्गत १६० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । हुप्सेकोट जनता आधारभुत विद्यालय हुप्सेकोट २ मोहनडांडा, बराजू आधारभुत विद्यालय हुप्सेकोट ६ भडारी र बाल जागरण आधारभुत विद्यालय चारघरे गरी१६० जनालाई आज कपडा वितरण गरिएको हो । न्यानो कपडा अभियानका अभियन्ता मदन थापाको अग्रसरतामा स्वर्गीय छोरा रचित मल्लको समझनामा वुवा महादेव मल्ल र मुवा दीपा मल्लको तर्फबाट र स्व गोपीराम वयम्बु तथा गैडाकोट निवासी लक्ष्मण कार्कीको सहयोगमा कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै अभियन्ता थापाले सानो सानो कुरामा पनि खुशी खोज्नुपर्ने भन्दै एक सर्को कपडाले बालबालिकाका विद्यालयप्रतिको विश्वास समेत बढ़दै जाने बताउनुभयो ।
विगत केहि वर्ष देखि हुप्सेकोट गाउँपालिकामा स्वीटर वितरण अभियान संचालन हुँदै आएको छ । आफुले खाने गासबाट केहि रकम संचित गरि यसरी सहयोग गर्न पाउंदा खुशी लाग्ने गरेको महादेव मल्लले बताउनु भयो । ३ वटै विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुले अभियानप्रति आभार व्यक्त गरेका थिए
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |