२०८१ आश्विन ५, शनिबार
कावासोती । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले कोभिड संक्रमणबाट मृत्यु भएका सबैलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ ।
उहाँले कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तीलाई राहत उपलब्ध गराउने कार्यमा केही समस्या देखिएपछि सरकारले त्यस सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले पिसिआर परिक्षणमा कोभिड संक्रमण पुष्टि भएका सबै मृतक नागरिकलाई राहत उपलब्ध गराउने तयारी सरकारले गरेको बताउनुभयो ।
आईतबार कावासोती स्थीत जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको जिल्ला कोभिड – १९ व्यवस्थापन समति तथा सरोकारवालाहरुसंग , कोभिड – १९ खोप सम्बन्धमा परामर्श वैठकमा बोल्दै उहाँले सो कुरा बताउनसभएको हो । उहाँले गण्डकी प्रदेश सरकार कोभिड खोप लगाउने काममा देशमै अग्रणी देखिए पनि अझै पनि कतिपय दुरदराज तथा ग्रामिण क्षेत्रका नागरिक खोप लगाउन नखोज्ने गरेको पाईएको बताउनुभयो । उहाँले खोप सम्बन्धि समेतना कार्यक्रम सञ्चालन गरेर प्रदेशका हरेक खोप लगाउने उमेर समूहका नागरिकलाई कोभिड बिरुद्धको खोप लगाउने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । कोभिड संक्रमणबाट बच्ने एक मात्रै स्थानीय उपाय भनेको खोप लगाउनु नै भएकाले कोभिड महामारीलाई परास्त गर्न सबै नागरिकले खोप अभियानमा सहभागि हुन समेत उहाँले आग्रह गर्नुभयो ।
यस्तै मन्त्री अधिकारीले असाहाय , गरीब विपन्न तथा दुरदराजका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकार लागि परेको समेत बताउनुभएको छ । उहाँले यस्ता नागरिकलाई स्वास्थ्य बीमा तथा अन्य स्वास्थ्य सहुलियतका कार्यक्रमबाट सम्बोधन गर्ने काम सरकारले गरेको बताउनुभयो । उहाँले नागरिकलाई पर्ने स्वास्थ्य सेवाको सहजताका लागि सरकारले भौतिक विकास र स्वास्थ्यकर्मीको आवश्यक दरबन्दी पुरा गर्न समेत लागि परेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले सबै नागरिकको स्वास्थ्य सेवा प्रति सम्बोधन गर्ने स्वास्थ्य नीतिलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले नवलपुरको पहाडी गाउँपालिकामा कोभिड बिरुद्धको खोप लगाउने निकै कम रहेको पाईएको हुँदा त्यस क्षेत्रमा सबै नागरिकलाई पूर्ण खोप लगाउनका लागि सम्बन्धित सबैले पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रशासनले विपदबाट जोगिन विभिन्न स्वास्थ्य मापदण्डहरु लागु गर्ने तथा भिडभाड नगर्न आग्रह गरेपनि नागरिक स्तरबाट त्यसको वेवास्ता भएको गुनासो राख्नुभयो । यस्ता कार्यलाई रोक लगाउन विषेश पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समेत मास्क लगाउने , सेनिटाइजर प्रयोग गर्ने तथा खोप लगाउने कुरामा नागरिकले हेलचेक्याईं गर्दै आएकाले यस्ता कार्य नगर्न जिल्लाबासीलाई अनुरोध गर्नुभयो । उहाँले कोधिडबाट जोगिन व्यक्तीगत सरसफाईको अभियानलाई अभिबृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लामा कोभिड – १९ संक्रमण नियन्यत्रण गर्ने काममा प्रशासन लागि परेको , सीमामा हेल्थ डेस्क स्थापना गर्ने काम भएको बताउनुभयो । उहाँले अब अस्पतालहरुमा सिलीन्डरबाट अस्किजन पूर्ती गर्ने भन्दा पनि अस्तालमा नै अक्सिजन उत्पादन गर्ने स्थाई संरचना स्थापना गरेर पाईपलाईनबाट नै अक्सिजन माग पुरा गर्ने काममा मन्त्रालय लाग्न सुझाव दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशव प्रसाद चापागाईंले जिल्लामा विपदको अवस्था तथा कोभिड संक्रमणबाट जिल्लामा परेको प्रभाव तथा नियन्त्रणका लागि भएका कामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जिल्ला विपदका हिसाबले उच्च , मध्यम सूचीमा रहेको अवगत गराउँदै कोभिडको पहिलो लहरमा धेरै समस्या झेलेको भए पनि तेश्रो लहरसम्म आउँदा धेरै कुरामा सहज भएको बताउनुभयो । अहिले नागरिकले पनि कोभिडका बारेमा धेरै बुझेको कारण सहमन्वय र सहकार्य गर्न सहज भएको उहाँको भनाई थियो । उहाँले जिल्ला स्वास्थ्य कार्यलय तीन स्थानबाट सञ्चालन गर्नुपर्दा धेरै अप्ठेरो परेकाले एकै स्थानबाट सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय , सुआहारा , बेस – नेपाल , यु.एस.ए.आइ.डि समेतको समन्वयमा भएको वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय महाशाखा प्रमुख डा. नारायण श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रीका नीजि सचिव शम्भु चापागाई लगायत जिल्लाका सरोकारवालाहरुको सहभागि रहेको थियो ।
सोक्रममा सुआहाराका बारेमा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी गराउनुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |