२०८१ आश्विन ५, शनिबार
कावासोती । एनपिआई कालीगण्डकी फाउण्डेशन प्राली , कालीगण्डकी नारायणी सामुदायिक अस्पतालको प्रथम वार्षीक साधारण सभा सम्पन्न भएको छ । कावासोतीको अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेमा अस्पतालको प्रथम वार्षीक साधारण सभा सम्पन्न भएको हो । नारायणी सामुदायिक अस्पताल र कालिगण्डकी सामुदायिक अस्पताल एकिकरण पश्चात प्रथम साधारण सभा भएको हो ।
साधारण सभा डा विजयराज न्यौपानेको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा , उपाध्यक्ष रामचन्द्र भण्डारी,संचालन समिति डा छविलाल थापा, डा अर्जुन श्रेष्ठ, संस्थापक संचालक प्रकास कंडेल, नारायणी सामुदायिक अस्पतालका उपाध्यष पुष्पराज शर्मा , नारायणी सामुदायिक अस्पतालका संचालक, निरज श्रेष्ठ, विष्णु कुवर , सल्लाहाकारहरु नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठ, संस्थापक डा. गोपाल खनाल, बाबुराम उपाध्याय, चुणामणी खनाल, डा.दुर्गा ढकाल, लेखराज पन्त लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा. गोपाल खनाल र डा. भक्तमान श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारणसभामा एनपिआइ कालिगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोतीमा माघबाट स्थायी रुपमा विशेषज्ञ सेवा सुरु गर्ने , माघको श्रीपञ्चमीबाट अपरेशन सेवा सुरु गर्ने, अस्पताललाई आवश्यक जग्गा खोजी गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |